आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काबालेरो हिरो बनेपछि सिटीलाई क्यापिटल वान कपको उपाधि

सोमबार, १७ फागुन २०७२, ०९ : २६
सोमबार, १७ फागुन २०७२

लण्डन – म्यान्चेस्टर सिटीका गोलकिपर विली काबालेरोले लिभरपुलको तीनवटा पेनाल्टी रोकेपछि सिटीले क्यापिटल वान कपको उपाधिमाथि कब्जा जमाएको छ । ३४ वर्षीय अर्जेन्टिनी गोलकिपरले म्यानेजर म्यानुयल पेलेग्रिनीको भरोसामाथि न्याय गर्दै लिभरपुलका लुकास, फिलिपे काउन्टिन्हो र एडम ललानाको पेनाल्टी बचाउ गर्दै सिटीलाई जित दिलाए । एफए कपको पाँचौं चरणको खेलमा चेल्सीसँग ५–१ को लज्जास्पद पराजय बेहोर्दा गोलकिपर काबालेरो नै थिए । धेरैले काबालेरोको स्थानमा जो हार्टलाई मैदानमा उतार्न सुझाव दिए पनि पेलेग्रिनीले काबालेरोलाई नै गोलकिपिङको जिम्मा दिएका थिए । लिभरपुलका एमरे चानले मात्र पेनाल्टीमा गोल गर्न सके ।

सिटीका लागि हानेको पेनाल्टीमा फर्नान्डिन्होको प्रहार पोष्टमा लागे पनि जिजस नाभास, सर्जिओ अगुएरो र याया टुरेले गोल गरेका थिए । सिटीले पेनाल्टी सुटआउट ३–१ ले आफ्नो पक्षमा पार्यो । यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । खेलको दोस्रो हाफमा फर्नान्डिन्होले सिटीलाई अग्रता दिलाए पनि काउन्टिन्होले लिभरपुललाई खेलमा फर्काएका थिए । सिटीको यो चौंथो लिग कप उपाधि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप