आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लगातार ८ सिजनमा मेस्सीको ३० गोल

सोमबार, १७ फागुन २०७२, ०९ : ४२
सोमबार, १७ फागुन २०७२

बार्सिलोना – लियोनेल मेस्सीले लगातार आठ सिजनमा ३० गोलको आँकडा पार गरेपछि बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियामाथि रोमाञ्चक जित हासिल गरेको छ । गत अक्टोबरमा बार्सिलोनालाई पराजित गर्ने अन्तिम टोली रहेको सेभियाले क्याम्प नाउमा खेलको २० औं मिनेटमा नै अग्रता लिएको थियो । भिटोलोले उत्कृष्ट भली गर्दै सेभियालाई अग्रता दिलाए । तर, लगातार ३३ खेलमा अपराजित रहेको बार्सिलानाका लागि लियोनेल मेस्सीले २० यार्ड टाढाबाट फ्रिकिक मार्फत गोल गर्दै खेलमा फर्काए । जेरार्ड पिकेले दोस्रो हाफमा गोल गर्दै बार्सिलोनको जीत सुनिश्चित गरे । जीतसँगै बार्सिलोना ३४ खेलमा अपराजित रहँदै लिगमा ८ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले सन् १९८८–८९ सिजनमा रियलले बनाएको सबैभन्दा लामो अपराजित यात्राको किर्तिमान बराबरी गरेको छ । उता, लगातार चार खेल जितेको भ्यालेन्सिया एथ्लेटिको बिल्बाओसँग आफ्नै घरेलु मैदानमा ३–० ले पराजित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप