आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युनाइटेडसँग पराजित भएपछि आर्सनलको उपाधि होडमा धक्का

सोमबार, १७ फागुन २०७२, १० : १९
सोमबार, १७ फागुन २०७२

म्यान्चेस्टर – दोस्रो रोजाईको खेलाडी उतार्न बाध्य भएको म्यान्चेस्टर युनाइटेडसँग पराजित भएपछि आर्सनलको उपाधि होडमाथि ठूलो धक्का लागेको छ । युवा खेलाडी माकर्स रासफोर्डको दुई गोलको मद्दतले युनाइटेडले आर्सनललाई ३–२ गोल अन्तरले पराजित गर्यो । तीन मिनेटको अन्तरालमा दुई गोल गर्दै रासफोर्डले युनाइटेडलाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाए पनि ड्यानी वेलब्याकले पहिलो हाफको अन्त्यतिर गोल गर्दै युनाइटेडको अग्रता छोट्याए । तर, एन्डर हरेराले दोस्रो हाफमा गोल गर्दै युनाइटेडको अग्रता पुनः दोब्बर बनाए । मेसुट ओजिलले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने प्रयास गरे पनि युनाइटेडले त्यसपछि कुनै गोल हुन दिएन । पराजयसँग आर्सनल शीर्षस्थानमा रहेको लेस्टर सिटीसँग ५ अंकले पछि परेको छ । उता अर्को लण्डन क्लब टोटनहम हटस्पर्सले भने एक गोलले पछि रहेको स्थिति उल्टाउँदै स्वान्सीमाथि २–१ को जीत निकालेको छ । अल्बर्टो पालोसीले स्वान्सीलाई अग्रता दिलाए पनि नेसर चाल्डी र ड्यानी रोजले गोल गर्दै स्पर्सलाई महत्वपूर्ण तीन अंक दिलाए । जीतसँगै स्पर्सले शीर्ष स्थानसँगको दुरी २ अंकमा झारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप