खर्च नहुँदा राष्ट्र बैंकमा नौ खर्ब थुप्रियो
सोमबार, १७ फागुन २०७२, १६ : ०८
पोखरा - राष्ट्रिय योजना आयोगको आयोजनामा १४ औँ त्रिवर्षीय योजनाको तयारी सम्बन्धमा प्रदेश नं ४ को योजना तर्जुमासम्बन्धी अन्तक्र्रिया कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।
सीमित स्रोत र साधनलाई उपयोग गरी जनमुखी विकास आयोजनामा खर्च गरेर जनतालाई अधिकतम लाभ दिने खालका योजना तर्जुमा गर्न सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
त्रिवर्षीय योजनाले पुनःनिर्माण, नयाँ लगानीका माध्यमबाट उच्च आर्थिक वृद्धि तथा उत्पादनमूलक रोजगारीका अवसर वृद्धि गर्दै गरिबी न्यूनीकरण गर्ने समेत लक्ष्य राखेको बताइएको छ ।
अन्तक्र्रिया कार्यक्रममा यस प्रदेशअन्तर्गत जिल्लाका विभिन्न राजनीतिक दल, विकाससम्बन्धी कार्यालयका प्रमुख, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीको सहभागिता रहेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रकान्त पौडेलले कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै विकास आयोजनामा पुँजीगत खर्च हुन नसक्दा नेपाल राष्ट्र बैंकमा झन्डै रु नौ खर्ब थुप्रिएको जानकारी दिए ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र नाकाबन्दी तथा अन्तर्राष्ट्रिय प्रतिकूल परिस्थितिले अभैm हामीलाई तर्साइरहेको बताउँदै उहाँले प्रदेश नं ४ प्राकृतिक सम्पदा, सांस्कृतिक, बौद्धिक एवम् आर्थिक क्षेत्रको हिसाबले अग्रणी अवस्थामा रहेको विचार व्यक्त गरे ।
आयोगका अर्का सदस्य डा सुनिलबाबु श्रेष्ठले बर्सेनि देशमा चार लाख युवायुवती रोजगारीका लागि श्रम बजारमा आउने हुनाले अब आयोगका कार्यक्रम रोजगारीमूलक खालका हुनुपर्नेमा जोड दिए ।
क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीका तर्पmबाट रामबहादुर पौडेल, आनन्दराज मुल्मी, गोविन्द सुवेदी, विश्वप्रकाश लामिछाने, कृष्णप्रसाद बराल, लेखनाथ भट्टराईलगायतले विभिन्न सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
-
४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण