आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देउवाद्वारा गगन थापा र चित्रलेखा अस्वीकृत, मधेशबाट कोषाध्यक्षको खोजी

सोमबार, १७ फागुन २०७२, १६ : २८
सोमबार, १७ फागुन २०७२

काठमाडौं– कांग्रेसको १३ औं महाधिवेशनमा खेमा परिवर्तन गरेर देउवा पक्षबाट कोषाध्यक्ष लड्न खोजेका गगन थापालाई अन्तत शेरबहादुर देउवालेनै अस्विकार गरेका छन् । आइतबार साँझ भएको आन्तरीक छलफलका क्रममा भर्खरै संस्थापन पक्ष छाडेर देउवातिर लागेका अर्जुननरसिंह केसीले गगनलाई कोषाध्यक्षमा उठाउने प्रस्ताव गर्नासाथ देउवाले प्रस्तावलाई अस्वीकार गरेको देउवा निकट नेताको दाबी छ । देउवाको भनाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले रातोपाटीलाई भने, ‘एउटै क्षेत्रबाट दुई जना पदाधिकारी कसरी हुन्छ यार ?’ अर्जुननरसिंह केसी र गगन थापा नामा ससुरा– ज्वाई पनि हुन् । देउवा पक्षबाट महामन्त्रीमा उम्मेद्वारी दिने भन्दै केसीले केही समयअघि खेमा परिवर्तन गरेका थिए । थापा भने अझै पनि सार्वजनिक रुपमा खुलेका छैनन् । पदाधिकारीमा सबै क्षेत्रबाट मिलाएर प्यानल तयार गर्नुपर्ने भन्दै देउवाले गगनको प्रस्ताव अस्विकार गरेको बताईएको छ । त्यस्तै यसअघि कोषाध्यक्षमा निर्वाचीत भएकी चित्रलेखा यादवलाई देउवाले कोषाध्यक्षको उम्मेद्वार नबनाउने भएका छन् । देउवा निकट अर्का एक केन्द्रीय सदस्यका अनुसार मन्त्री हुँदा राम्रो काम गर्न नसकेको र आर्थिक अनियमितताको प्रकरणमा समेत मुछिएको भन्दै यादवलाई देउवाले नरुचाएका हुन् । ‘यादवको साटो शेरबहादुर दाईले मधेशबाटै अर्को उम्मेद्वार खोज्नुपर्छ भन्नुभएको छ’ उनले रातोपाटीसँग भने, ‘पुष्पा भुसाल र वालकृष्ण खाँडको पनि कोषाध्यमा कुरा चलेको थियो ।’

देउवाले मधेशबाटै कोषध्यक्ष बनाउँदा राम्रो हुने कुरा राखेको उनको भनाई छ । यसैबीच सोमबार पदाधिकारीको प्यानल घोषणा गर्ने तयारी गरेको देउवा समुहले संस्थापन पाक्षको निर्णय कुर्दै मंगलबार अवेरसम्म घोषणा गर्ने तयारी थालेको छ । संस्थापन पक्षले घोषणा गरेमा यताका असन्तुष्टलाई तान्न सकिने भन्दै सोमबार प्यानल घोषणा नगरिएको देउवानिकट स्रोतको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप