आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रकले स्कुटीलाई ठक्कर दिँदा भक्तपुरमा महिलाको मृत्यु

सोमबार, १७ फागुन २०७२, १६ : ५९
सोमबार, १७ फागुन २०७२
भक्तपुर – भक्तपुरबाट काठमाडौं आउँदै गरेको मिनिट्रकले ठक्कर दिँदा स्कुटीमा सवार एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरकी ४९ वर्षीया बबिता लिम्बु रहेकी छिन् । बा २ ख ८९४२ नम्बरको मिनिट्रकले भक्तपुरको कौशलटारमा बा ४५ प ४६८७ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । ठक्करपछि अस्पताल पुर्याएकी लिम्बुलाई डाक्टरहरुले मृत घोषित गरेका थिए । मिनिट्रक चालक ३६ वर्षीय विष्णु श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप