आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्वजनिक गाडीमा कसैले जिस्कायो ? प्रहरीलाई भन्नुहोस्

सोमबार, १७ फागुन २०७२, १७ : ०८
सोमबार, १७ फागुन २०७२
काठमाडौ – बालाजु प्रहरीले महिला हिंसाविरुद्ध नयाँ अभियान शुरु गरेको छ । महानगरीय प्रहरी वृत वालाजुले सोमबारबाट माछापोखरी, बनस्थली र ढुंगेधारा लगायतका स्थानमा चल्दै आएका सार्वजनिक गाडीहरुका महिला यात्रुहरुलाई हिंसा भएनभएको सोधेर त्यस्तोे पाईएमा कारवाहि गर्ने अभियान शुरु गरेको हो । ‘हामीले प्रत्येक सार्वजनिक गाडीका महिला यात्रुहरुलाई सोधेर यो अभियानको शुरु गरेका छौं,’ महानगरीय प्रहरी वृत वालाजुका डिएसपी संजिव शर्माले भने, ‘भीडभाडको बहानामा धकेल्ने र संवेदनशील अंगमा छुने गरेको पाइएमा हामी सम्झाएर छाड्छौं ।’ सामान्य खालको भएमा संझाई बुझाई छाड्ने र नियतवश त्यस्तो गरेको पाइएमा कानुनी कारवाही अगाडी बढाइने शर्माले जानकारी दिए । अभियानको पहिलो दिन २७ भन्दा बढी सार्वजनिक गाडीका महिला यात्रुलाई त्यस्तो हिंसा भए नभएको बारे सोधपुछ गरेको बालाजु प्रहरीले नयाँ अभियान निरन्तर जारी राख्ने जनाएको छ । ‘महिला हिंसा रोक्ने हाम्रो दायित्व हो,’ डिएसपी शर्माले भने, ‘अधिकांश महिलाहरु लजाउने गरेका छन्, त्यसका लागी जनचेतनाको पनि आवश्यकता देखियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप