शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जब सिंहदरवार अगाडि फैलियो बमको हल्ला (फोटोफिचर)

मङ्गलबार, १८ फागुन २०७२, १८ : ५०
मङ्गलबार, १८ फागुन २०७२

काठमाडौं – सिंहदरवारको दक्षिण गेट नजिकै मंगलबार बिहान बम भेटिएको हल्ला फिजिएपछि धेरै बेर स्थानीयहरु त्रसित बने । हनुमानथान र सिडियो कार्यालयको बीचमा रहेको सिद्धार्थ भवनअघि बम भेटिएको खबरपछि स्थानीयहरु त्रसित बनेका थिए ।

यद्यपि, प्रहरीले भने हल्ला भए अनुसार बम नभएको बताएको छ । सडकको किनारमा भेटिएको शंकास्पद वस्तु बम नभएर पानी प्युरिफाइ गर्ने मेसिन भएको प्रहरीले बताएको छ । रातोपाटीसँग कुरा गर्दै महानगरिय प्रहरी वृत्त सिंहदरवारका डिएसपी प्रजित केसीले भने, ‘बम भेटिएको खबर आएपछि पुगेको प्रहरी टोलीले जाँच गर्दा शंकास्पद वस्तु बम नभएर ब्रिगेर राखिएको पानी प्युरिफाई गर्ने मेसिन भएको पाइयो । त्यो बम होइन ।’ उनले थप जाँचका लागि बम डिस्पोजल टोली पठाइएको जानकारी दिए ।

बमको सूचनापछि पुगेको घटनास्थल पुगेको बम डिस्पोजल टोलीले शंकास्पद वस्तुको जाँच गर्दा सो वस्तु बम नभएको पत्ता लागेको थियो । हिजो मात्र लुक्ला विमान स्थलमा सिम्रिक एयरको विमानमा बम भएको हल्लाले विमानस्थल नै बन्द भएको थियो । पछि त्यहाँ बम फेला परेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप