हास्यकलाकार ‘बल्छी ध्रुबे’द्वारा विद्यालयलाई ५० हजार सहयोग
गोरखा - हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) ले गोरखाको ताकुकोट गाविस–१ स्थित माइकोट माध्यमिक विद्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्न ५० हजार रुपैयाँ सहयोग गरेका छन् । वैशाखमा गएको भूकम्पले विद्यालयका भवनहरु भत्काएको र पुनःनिर्माणका लागि आवश्यक जग्गा पनि नभएकाले जग्गा खरिदका लागि श्रेष्ठले आर्थिक सहयोग गरेका छन् ।
केही समयअघि गोरखा सदरमुकाममा आयोजित हास्यव्यङ्ग्य कार्यक्रमबाट जुटेको सो रकम ताकुकोटस्थित बाँसपानी खानेपानी आयोजनाका अध्यक्ष चन्द्रकुमार श्रेष्ठमार्फत विद्यालयलाई प्रदान गरिएको मरिचमानले जानकारी दिए । ‘गाउँको विद्यालय भवन बनाउन जग्गाको अभाव भएको थाह पाएँ,’ उनले भने – ‘कार्यक्रम गरेर सङ्कलन भएको रकम दिएको हुँ ।’ स्थानीय दीपशिखा युवा क्लबको सहयोगमा श्रेष्ठले हास्यव्यङ्ग्य कार्यक्रम गरेका थिए ।
विद्यालय भवनहरु पुनःनिर्माण गर्दा कम्तीमा दश रोपनी जग्गा हुनुपर्ने दातृ निकायको नियम भएकाले माइकोट माविले थप जग्गा खरिद प्रक्रिया अघि बढाएको थियो । तर, अर्थाभाव हुँदा आवश्यक भएजति जग्गा खरिद गर्न नपाएको शिक्षकहरुले जनाएका छन् । कलाकार श्रेष्ठले सोमबार गाउँमा आयोजित एक कार्यक्रममा विद्यालयका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गरेका हुन् । श्रेष्ठ मेरी बास्सैलगायत हास्य टेलिशृङ्खला, नेपाली चलचित्रका साथै गीत, सङ्गीतमा पनि छाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण