स्तरोन्नतिको काम ढिला हुँदा जुफाल विमानस्थल फेरि बन्द
डोल्पा – डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द गरिएको छ । विमानस्थलमा पहिलो चरणको पचास मिलिमिटर तल रोडा बिछाउनेकाम सकाएर दोस्रो चरणको चालिस मिलिमिटर तल रोडा बिछाउने काम आजदेखि सुरुगर्न लागिएकाले हिजो देखि फागुन मसान्तसम्मकोलागि विमानस्थल बन्द गरीएको आयोजना प्रमुख बिर प्रसाद शाहीले जानकारी दिए । नागरीक उड्यन प्राधिकरण द्धारा लामोसमय देखि स्तरउन्नति सुरु गरिरहेको यस विमानस्थलको पन्ध्र दिन भित्रै काम सकायर सेवा सुचारुहुने समेत शाहीले बताउनुभयो । दोस्रो चरणको रोडा बिछाउने काम सकायर केहि महिनासम्म विमानस्थल सुचारु गरेरे पुन कालोपत्रेको लागि बन्द गरीने समेत शाहीले बताए । नागरीक उडड्यन प्राधिकरणले २०७० साल पौषमा निमार्णकार्य सकिसक्नुपर्ने सम्झौता गरेपनि सो समयमा काम सम्पन्न नभए लगत्तै चार पटकसम्म म्याद थपिसक्दा पनि अझै निर्माण कार्यहुन सकेको छैन । नेपाल नागरीक उड्ययन प्राधिाकरणले बिमानस्थल कालोपत्रेको लागि नौ करोड सत्तरी लाख रकम बिनियोजन गरेको थियो । कर्णाली अञ्चलमा पर्ने अन्य चारवटा बिमानस्थलहरुको कालोपत्रे भईसकेता पनि अझैपनि जुफालबिमानस्थल अझै कालोपत्रे हुनसकेको छैन । विमानस्थल बन्द भएपछि दैनिक उपभोग्य बस्तुहरु, औषधिहरु तथा जिल्ला वाहिर आवत जावतकोलागि असहज परिस्थिति सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण