शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नक्कली प्रहरी बनेर ठग्ने दुई जना पक्राउ

मङ्गलबार, १८ फागुन २०७२, १७ : १८
मङ्गलबार, १८ फागुन २०७२

काठमाडौं – राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको चाबहिल बस्ने अजित बस्नेत रहेका छन् । ४० वर्षीय बस्नेतले आफूलाई एआइजीपीको ड्राइभर रहेको भन्दै गुल्मीका मिलन पाण्डेसँग रकम असुली फरार रहेका थिए । २० वर्षीय पाण्डेलाई जागिर लगाउने प्रलोभन देखाइ ६५ हजार रकम लिएका थिए । महानगरीय प्रहरीको अपराध महाशाखाबाट खटेको टोलीले बस्नेतलाई पक्राउ गरेको थियो । बस्नेतलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।

त्यस्तै, अपराध महाशाखाको प्रहरी हुँ भन्दै पैसा असुल्ने अर्का व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सितापाइलाका दिपेन्द्र केसी भन्ने नारायण बिक रहेका छन् । २८ वर्षीय बिकले आफूलाई अपराध महाशाखा केरकारको प्रहरी हुँ भन्दै चाहेजती खाना पकाउने ग्याँस उपलव्ध गराउन पैसा उठाएर ठग्ने गरेका थिए । बिकले ग्यासका लागि अग्रिम भुक्तानी भन्दै सल्लाघारीका रुपिनी खड्काबाट ५० हजार रुपैयाँ लिएका थिए । पैसा लिएपछि भने उनी फरार रहेका थिए । खड्कालाई प्रलोभनमा पार्न प्रहरीको युनिफर्म लगाएको तस्विर समेत देखाएको अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरीको अपराध महाशाखाबाट खटेको टोलीले बिकलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप