युएईको आबुधाबीमा निः शुल्क स्वास्थ्य शिविर
युएई – नेपाली दूतावास आबुधाबीमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सम्बन्धि परामर्श सेवा सञ्चालन हुने भएको छ ।
गैर आबासिय नेपाली संघ युएई (एनआरएन यूएई) को बिशेष पहलमा नेपाली दुताबास युएईको समन्वय तथा अहलिया हस्पिटलको सहयोगमा आगामी मार्च ११ मा उक्त निःशुल्क शिबिर हुन लागेको हो।
रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपाली श्रमिकहरूलाइ लक्षित गरी गर्न लागिएको उक्त स्वास्थ्य परिक्षणमा २०० भन्दा माथि श्रमिकहरूले लाभ लिन सक्ने एनआरएन यूएईका उपाध्यक्ष रमेश श्रेष्ठले बताए। उक्त स्वास्थ्य शिबिरले हेल्थ इन्सुरेन्स सुबिधा नभएका निम्न स्तरका श्रमिकहरूलाइ प्रत्यक्ष सहयोग पुग्ने उनको दाबी छ। स्वास्थ्य शिबिर सन्चालनको लागी नेपाली राजदुत धनन्जय झाको ठूलो भुमिका रहेको श्रेष्ठले बताए।
बिशेष गरी रगत परीक्षण, मुटु , हाडजोर्नी, ग्याष्ट्रिकलगायत विभिन्न रोगहरूको निःशुल्क परिक्षण गरिने अस्पतालले जानएको छ। उक्त स्वास्थ्य शिविरमा यूएईमा रहेका क्रियाशिल संघसंस्था, त्यसका पदाधिकारीहरु, बुद्धिजिबी, ब्यापारी सर्वसाधारण नेपालीहरु तथा पत्रकारहरुलाई सहभागी भइ सहयोग गर्न समेत एनआरएन यूएईले आग्रह गरेका छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण