यो यात्रा, कस्तो यात्रा !
काठमाडौं– सिंहदरवार अगाडि शंकास्पद बम फेला परेको हल्लापछि तस्वीर खिचेर म कुपोन्डलकोे बाटो हुँदै रातोपाटी मुख्यालय जावलाखेलतर्फ फर्कदै थिए । छिटो तस्वीर प्रकाशन गर्ने हतारोेसँगै मोटरसाइकलको गति तीब्र पारे । कुपोन्डल आइपुग्दा एक शारिरीक रुपमा अशक्त (अपाङ्ग) व्यक्ती टेम्पोको सहायतामा यात्रा गरिरहेको अनौठो दृश्य देखेँ । वीच सडकमा देखिएको त्यो दृष्य खतरनाक थियो । त्यसमा हाम्रो समाजको चरित्र थियो र राज्य संयन्त्रलाई सन्देश ।
यसैकारण त्यो जोखिमपूर्ण यात्राको फोटो खिच्नु पर्ने ठानेँ । जसरी उनले त्यो यात्राका लागि जोखिम मोलेर यात्रा गरिरहेका थिए । मैले पनि त्यसरी नै जोखिम मोलेर तस्वीर खिच्नु पर्ने बाध्यता थियो । त्यो तस्वीर खिच्न मोटरसाइकल रोकेर सम्भव थिएन । किनभने सडकमा गुडिरहेको गाडी मैले मोटरसाइकल रोकुन्जेल अगाडि बढिसकेको हुन्थ्यो ।
मोटरसाइकल एकैछिन रोकेँ । झोलाबाट क्यामेरा निकालेँ । क्यामेराको सेटिङ्ग मिलाएँ । त्यसबेलासम्म टेम्पो अगाडि लागिसकेको थियो । मोटरसाइकल एउटा हातले चलाएँ । एउटा हातमा क्यामेरा राखेँ ।
एउटा सानो ह्वीलचियरमा बसेका शारिरीक रुपमा अशक्त व्यक्ति टेम्पोको पछाडिको भाग समातेर जोखिमपूर्ण यात्रा गरिरहेका थिए । हरेक टेम्पो स्टपमा टेम्पोले ब्रेक लगाउँदा उनको खुट्टा टेम्पोभित्र धस्सिन्थ्यो । ह्वीलचियर पल्टने खतरा पनि उत्तिकै थियो । एउटा हात मोटरसाइकलको एक्सलेटरमा थियो भने अर्को हातमा क्यामेरा । मोटरसाइकलमा हुँइकाउँदै फोटो खिच्दै पुल्चोक आइपु्गियो । पुल्चोकमा पुगेपछि ती व्यक्ति रोकिए । अनि मात्र हाम्रो संवाद शुरु भयो ।
उनीको नाम केदार खड्का रहेछ । सहयोगीको अभावमा कुपोन्डलमा अलपत्र परेका रहेछन् । अनि खड्का टेम्पोमा झुण्डिएर पुल्चोक आउने उपाय लगाएका रहेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण