शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हलिउडमा भारतीय कलाकारको उपस्थिती : चर्चा बढी पैसा कम

मङ्गलबार, १८ फागुन २०७२, १७ : ५९
मङ्गलबार, १८ फागुन २०७२

बलिउड अभिनेत्री प्रियांका चोपडासँग रेड कार्पेटको पर्याप्त अनुभव थियो । तर यस साता फरक रह्यो । उनी फरक प्रिमियरमा देखिएकी थिइन् । हलिउडको डल्बी थियटरमा म्याड म्याक्स फरी रोडका लागि मार्गरेट सिक्सेलले उत्कृष्ट सम्पादनको अवार्ड जित्नुअघि प्रियांका चोपडा रातो कार्पेटमा देखिएकी थिइन् । सयौँ क्यामेराले एकसाथ कैद गरेको फूटेजमा उनले दर्शकदिर्घातर्फ नमस्कार फर्काइन् । रातो कार्पेटमा प्रियंकाको उपस्थितीले हलिउडमा आफ्नो अस्तित्व खोज्दै गरेका बलिउड कलाकारहरुलाई उत्साहित बनायो । यस वर्ष ओस्कर अवार्ड सुरु हुनअघि सबैभन्दा धेरै बहसमा रहेको विषय थियो, डाइभर्सिटी । निर्देशक स्पाईक लि र अभिनेत्री जादा पिन्केट स्मिथले हलिउडमा डाइभर्सिटीको कमी रहेको भन्दै यस वर्षको ओस्क अवार्ड समारोेह बहिष्कार गरे । उनीहरुले सामाजिक सञ्जालमा ह्यासट्याग ओस्करर्स सो ह्वाईट लेखेर अभियान नै चलाए । हलिउड कत्तिको रंगभेदी छ भन्ने विषय फरक होला । तर साँचो के हो भने भारतीय अभिनेता तथा अभिनेत्रीले अहिलेसम्म ओस्कर जितेका छैनन् । तर, साँचो के पनि हो भने हलिउडमा उनीहरुको उपस्थितीलाई बेवास्ता गर्न सकिने अवस्था छैन् । ३३ वर्षिया पूर्व मिस वल्र्ड प्रियांका चोपडा अहिले हलिउडमा संघर्र्षरत भारतीय कलाकारमध्ये अग्रस्थानमा छिन् । उनी अमेरिकामा पिपुल्स च्वाइस अवार्ड जित्ने पहिलो भारतीय कलाकार हुन् । अमेरिकी टेलिभिजन शो क्वान्टिकोका लागि उनले यसअघि यो अवार्ड जितेकी थिइन् । चोपडाले अब हलिउडका चर्चित कलाकार ड्वायन जोनसन अर्थात द रकसँग नयाँ चलचित्र खेल्दैन् । ओस्करमा रंगभेदको विषय बहसमा रहेपनि पछिल्लो दशक हलिउड चलचित्रका कथावस्तु जातिय विविधताका हिसाबले फराकिलो देखिएका छन् । त्यसैले क्षमतावान् कलाकारहरुका लागि हलिउडको ढोका खुला देखिएको छ । यसको प्रत्यक्ष फाइदा भारतीय कलाकारले उठाएका छन् । तर उनीहरुले त्यसबापत कस्तो पारिश्रमिक पाएका छन् त ? आँखा व्यापारमा भारत र अन्य देशका कलाकारहरु हलिउडमा छाउनुको पछाडी स्टुडियो र डिस्टिब्युटर्सले निकालेको प्रत्यक्ष फाइदाको हिसाबले ठूलो भूमिका खेलेको छ । भारतका कलाकार तथा कन्सल्टेन्सी काउन्सिलेजका म्यानेजिंग पार्टनर सुहेल सेथ भन्छन्, यो सबै पैसासँग जोडिएको विषय हो । विश्वभर भारतीयहरु छरिएका छन् । त्यसैले हलिउडका निर्माताहरु चर्चित भारतीय अभिनेता तथा अभिनेत्रीलाई आफ्नो फिल्ममा खेलाएर आफ्नो बजार बिस्तार गर्न चाहन्छन् । भारतमा अंग्रेजी बोल्नेहरु थुप्रै छन् । यहाँको आफ्नो फिल्म उद्योगले एक वर्षमा १ हजारभन्दा धेरै चलचित्र बनाउँछ । एक बिलियनभन्दा धेरै जनता रहेको भारतमा अधिकांश चलचित्रप्रेमी छन् । त्यसैले भारतमा भविष्यमा धेरैभन्दा धेरै मल्टिप्लेक्स सिनेमा हलहरु निमार्ण हुने र भारतीयहरुले निरन्तर डिजिटल प्रविधिबाट चलचित्र हेर्ने अनुमान लगाइएको छ । हलिउडमा बढ्दो उपस्थिती गोराहरुको उद्योग भनेर चिनिने हलिउडमा भारतका स्टारहरुको उपस्थिती बढ्दो छ । ४९ वर्षिय अभिनेता इरफान खानले आफ्नो करियरमा १ सयभन्दा धेरै चलचित्र खेलिसकेका छन् । उनले एक दशक अमेरिकाका स्टुडियो तथा टिभी प्रडक्सनमा बिताए । सुपरहिट चलचित्र स्लमडग मिलिनियर्समा प्रहरीको भूमिका निभाएपछि उनी चर्चामा तानिए । यस चलचित्रले २००९ मा ओस्करमा ८ वटा अवार्ड जित्यो । इमरान पछिल्लो समय ज्युरासिक वल्र्डमा पनि देखिए । खान र चोपडाको उपस्थितीले दिपिका पादुकोणजस्ता नयाँ कलाकारका लागि समेत हलिउडको ढोका खोलेको छ । भारतीय अनुहारहरु अमेरिकाका चर्चित टेलिभिजन कार्यक्रममा समेत छाउन थालेका छन् । होमल्याण्डमा सुरज शर्मा र निर्मत कौर, द बिग ब्यांग थ्योरीमा कुनाल नायर र २४ मा भेट्रान अभिनेता अनिल कपूरको उपस्थितिले राम्रो छाप छाड्यो ।

चर्चा धेरै पारिश्रमिक कम हलिउडमा यि कलाकारहरुले ख्याति र चर्चा बटुेलेपनि अझै लाखौँ भारतीयहरुको चासो भने हलिउडप्रति छैन् । भारतीयहरुमा के छ भने हलिउडमा युरोप तथा अमेरिकाका कलाकारको तुलनामा बलिउड कलाकारलाई निकै कम पारिश्रमिक मिल्छ । इरफान खानले सन् २०१५ मा २ मिलियन अमेरिकी डलरभन्दा कम पारिश्रमिक पाएको फोब्र्सको सूचिमा उल्लेख छ । जबकी बलिउडमा भारतका चर्चित कलारकारले एक चलचित्र बराबर ७५०,००० अमेरिकी डलरदेखी ५ मिलियनसम्म कमाउँछन् । हलिउडमा मैलेँ भारतमा पाएको पारिश्रमिकको एक चौथाइ पनि कमाउँदिन । जब तपाईले हलिउडमा मूख्य भूमिका फिल्म खेल्नुहुन्छ र ठूलो बजारमा चर्चा पाउनुहुन्छ त्यसपछि मात्रै तपाईले राम्रो कमाउने हो, खान भन्छन् ।

प्रियंका चोपडा र दीपिका पादुकोणले भने हलिउडमा राम्रो पारिश्रमकि पाएका छन् । बलिउडमा एउटा चलचित्रका लागि झन्डै १ मिलियन अमेरिकी डलर पारिश्रमिक लिने प्रियंकाले क्वान्टिको शृंखलाबाट ४ मिलियन पाइन् । बिग ब्यांग थ्योरीका अभिनेता कुनाल अयारले भने राम्रो आम्दानी गरेका छन् । बेलायतमा जन्मिएर भारतमा हुर्किएका कूनाल सन् २०१५ मा टेलिभिजनबाट सर्वाधिक कमाउने कलाकारको सूचिमा तेस्रो नम्बरमा थिए । फोब्सले विश्वभरका कलाकारको तथ्यांक केलाएर सार्वजनिक गरेको सूचिमा उनी २० मिलियनभन्दा बढी कमाउने कलाकारमध्ये एक हुन् । (बिबिसी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप