आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

म्याग्दीमा आगामी आर्थिक वर्षका लागि एक अर्ब ८७ करोडको बजेट प्रस्ताव

मङ्गलबार, १८ फागुन २०७२, १८ : ३२
मङ्गलबार, १८ फागुन २०७२

म्याग्दी - आगामी आर्थिक वर्ष २०७३७४ का लागि म्याग्दीमा एक अर्ब ८७ करोड रुपैया भन्दा बढीको बजेट प्रस्ताव गरिएको छ ।

जिविसले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा २४ औ जिल्ला परिषद्ले पारित गरेका योजना तथा कार्यक्रमका लागि प्रस्तावीत एक अबर ८७ करोड १९ लाख ८९ हजार रुपैयाको बजेट सार्वजनिक गरिएको हो ।

स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले चालुतर्फ ६ करोड १५ लाख ३२४ र पुँजीगततर्फ एक अर्ब २५ करोड ६६ लाख ६५ हजार रुपैयाको बजेट सार्वजनिक गरेका थिए । प्रस्तावीत बजेटमा सरकारी निकायतर्फ एक अर्ब ५८ करोड ३७ लाख ११ हजार र गैरसरकारी संघ संस्थातर्फ २८ करोड ८२ लाख २७८ रुपैया रहेको छ ।

बस्ती, वडा नागरीक मञ्च, नागरीक सचेतना केन्द्र, गाविस, ईलाका, विषयगत समितिहुदै एकिकृत योजना तर्जुमा समितिबाट पारित भएका योजना तथा कार्यक्रमका लागि जिल्ला परिषद् मार्फत राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयमा बजेट माग गरिएको स्थानीय विकास अधिकारी पौडेलले बताए ।

आगामी आर्थिक वर्षका लागि म्याग्दीमा एक हजार १३८ वटा विकास योजना तथा कार्यक्रम माग भएका छन् । बजेटका साथै विकास गतिबिधि सञ्चालनका क्रममा अपनाईने नितीहरुको बारेमा स्थानीय विकास अधिकारी पौडेलले जानकारी गराए । कार्यक्रममा प्रमुख अतिथि सांसद नवराज शर्माले योजनालाई ब्यवस्थित सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन सामुहिक पहल एवं कार्यान्वयनका लागि ठोस प्रतिवद्धताको आवश्यकता रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप