शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भारतसँग राजनीतिक तहमा संवाद हुनु सकारात्मक– डा भट्टराई

मङ्गलबार, १८ फागुन २०७२, १८ : ४१
मङ्गलबार, १८ फागुन २०७२

काठमाडौँ - नयाँ शक्ति नेपालले नेपाल र भारतबीच अवरुद्ध रहेको द्विपक्षीय सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि संवादको चरणमा प्रवेश गरेको टिप्पणी गरेको छ ।

नयाँ शक्तिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीको भारत भ्रमणपछि सम्बन्ध सुधारको चरणमा प्रवेश गरेको र सहजीकरण हुने दिशामा केन्द्रित रहेको जनाएको हो ।

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले भने– “म प्रधानमन्त्री भएकै बखत सुरु भएका केही कार्यक्रम पुनःसुरु गर्ने सहमति भएको छ । राजनीतिक तहमा संवाद सुरु भएको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।”

उनले राजनीतिमा नयाँ पनको सुरुवात जरुरी रहेको भन्दै आफूहरु त्यतैतिर केन्द्रित हुने र समाज सुधारमा लागिपर्ने उल्लेख गरे । पत्रकार सम्मेलनमा हरियो काठमाडौँ, सफा काठमाडौँ अभियान सुरु गर्ने, भ्रष्टाचारविरुद्ध सहयोगक कक्ष स्थापना गर्ने, नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने र राष्ट्रिय र सामाजिक एकताका लागि सद्भाव अभियान सञ्चालन गर्ने घोषणा गरियो ।

सो अवसरमा नयाँ शक्ति अभियानका प्रचार प्रमुख मुमाराम खनाल र अर्थ विभाग प्रमुख रामेश्वर खनालले आ–आफ्नो विभागले गर्ने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

नयाँ शक्तिले खर्च चलाउने र चन्दा उठाउने यस्तो विधि बनायो, आफ्नै पार्टीमा उम्मेदवार बन्न २० हजार चाहिने 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप