माओवादीभित्रै विवाद : दबाबपछि चुरेका सदस्यद्वारा फेसबुकबाटै राजीनामा
उदयपुर – माओवादी कोटामा राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकासको सदस्य पदमा नियुक्ति भएका जिविस उदयपुरका सूचना अधिकारी विश्वजित राईले फेसबुकबाट राजिनामाको घोषणा गरेका छन् । एकीकृत नेकपा माओवादी एक नम्वर प्रदेशका सेक्रेटरी सुरेश कुमार राई (हिमाल)को सिफारिसमा सदस्यमा पदमा नियुक्ति भएका राईले एमाओवादी नेताकै दवावमा पद त्याग गरेका हुन् । राईलाई उदयपुरका जिल्ला नेताहरुले चर्को रुपमा राजिनामा दिन दवाव दिएको रातोपाटीमा समाचार प्रकाशित आएपछि राईले फेसबुकबाटै राजीनामाको घोषणा गरेका हुन । राईले मंगलबार आप्mनो फेसबुक पेजबाट व्यक्तिगत तथा प्राविधिक कारणले उक्त पदमा बाहाली गरिन र राजिनामा दिएको भन्ने घोषणा गरेका छन । तर, फेसबुकमा राजीनामाको घोषणा गरेका राईले राजनीतिक विषय नबनाईदिन आग्रह गरेका छन । गत फागुन ६ गते नेपाल सरकारको मन्त्रिपरिषदबाट निर्णय भई सदस्यमा पदमा राई नियुक्ति भएका थिए । पार्टी बाहिरको व्यक्तिलाई वन मन्त्रालयको कोटामा नियुक्त गरे पछि एमाओवादी उदयपुरका अध्यक्ष भिम अधिकारी अनिलले महासचिव कृष्ण बहादुर महरालाई भेटी विरोध गरेका थिए । साथै जिल्ला कमिटीका सबैले राजीनामा दिने बताएपछि सेक्रेटरी सुरेश राईले नै दवाव दिएर राजीनामा गर्न लगाएको स्रोतले जनाएको छ । सुचना अधिकारी राईलाई राजिनामाको बारेमा दवाव दिएकोबारे एक नम्वर प्रदेशका सेक्रेटरी हिमालले भने, साथिहरुमा विवाद भएपछि मैले फिर्ता हौ भनेर भनेको हुँ ।’ स्रोतका अनुसार नियुक्ति भएका राईलाई एमाओवादीले राजीनामा दिन दिएको दवाद थेग्न नसकेर राजीनामा दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण