शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘नेहा’ हत्या आरोपी खड्गीलाई पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालतको आदेश

मङ्गलबार, १८ फागुन २०७२, १९ : ०५
मङ्गलबार, १८ फागुन २०७२

पोखरा - पोखराकी १८ वर्षिय योरुना पुन ‘नेहा’ को हत्या आरोपमा संलग्न पुर्पक्षको लागि थुनामा गएका छन् । कास्की जिल्ला अदालतले मंगलवार हत्यामा संलग्न भनिएका पोखरा ९ नयाँबजारका २१ बर्षिय सतिश भन्ने कृतन खड्गीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । सोमवार र मंगलवार दुई दिन सम्म चलेको वहस र अहिलेसम्म प्राप्त प्रमाणका आधारमा कसुरदार ठहर गरी उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत कास्कीका श्रेस्तेदार दिनवन्धु वरालले जानकारी दिए । जिल्ला न्यायधिश शेखर प्रसाद पौडेलको ईजलासले उनलाई थुनामा राख्ने आदेश दिएको हो । खड्गी बिरुद्ध दायर जवरजस्ती करणी तथा कर्तब्य ज्यान मुद्धामा सरकारको तर्फबाट जिल्ला न्यायधिबक्ता गंगा प्रसाद पौडेल तथा जायरवालाको तर्फबाट सुरेन्द्र थापा मगर ,सरिता थापा, विनिता नेपाली, सोभा पौडेल र सरलाकुमारी पाण्डेले वहस गरेका थिए । प्रतिवादीको तर्फबाट दुर्गेस राज पन्तले वहस गरेका थिए । कास्की प्रहरीले गत माघ १८ गते राति भएको हत्या अरोपमा खड्गीलाई २० गते पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप