विशेष विमानमा नितिश कुमार भोली काठमाडौं आउँदै
काठमाडौं – बिहारका मुख्यमन्त्री नितिश कुमार भोली साँझ काठमाडौं आउने भएका छन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुनका लागि उनी काठमाडौं आउन लागेका हुन् । पटनाबाट विशेष विमानमा उनी काठमाडौं साँझ ४ बजे आइपुग्ने बताइएको छ । बुधबार साँझै भारतीय दुतावसमा उनको स्वागतका लागि विशेष कार्यक्रम आयोजना गरिनेछ । बिहिबार उनले मधेसी मोर्चाका नेताहरुसँग विशेष छलफल गर्ने कार्यक्रम तय गरिएको छ । यद्यपि, स्थान भने खुलाइएको छैन । नितिश कुमार द्वारिका होटलमा बस्ने हुँदा त्यहीँ नै मोर्चाका नेताहरुसँग भेट्ने अनुमान गरिएको छ । बिहिबार नै उनी शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने छन् । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनको भेटवार्ता हुनेछ । नेपाल बसाईका क्रम्रमा नेकपा एमाले, नेपाली कांग्रेस र एमाओवादीका शीर्ष नेताहरुसँग पनि उनको भेट हुनेछ । त्यसपछि उनी नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण