शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गुरुङको उपचार खर्च बेहोर्ने सरकारी निर्णयको संगीत नाट्य प्रतिष्ठानद्वारा स्वागत

मङ्गलबार, १८ फागुन २०७२, १५ : ३९
मङ्गलबार, १८ फागुन २०७२

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं राष्ट्रगानका संगीतकार अम्बर गुरुङको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने नेपाल सरकारको निर्णयको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्वागत गरेका छ । प्रतिष्ठानको मंगलबार एक विज्ञप्ति जारी गर्दैै नेपाल सरकारले गरेको सो निर्णयको स्वागत गरेको हो । पूर्व कुलपति गुरुङको उपचारका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारसँग पहल गर्दैै आएको थियो । लामो समय देखि पार्किन्सन, मधुमेह लगायतका समस्याले पीडित पूर्व कुलपति एवं अग्रज संगीतकार अम्बर गुरुङको यतीबेला भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । उपचारमा सम्लग्न चिकित्सकहरुका अनुसार गुरुङको स्वास्थ्यमा सुधार आएको गुरुङका परिवारले जानकारी गराएका छन् । प्रतिष्ठानले पूर्व कुलपति गुरुङको सिघ्र स्वास्थ्य लाभको कामना पनि सो विज्ञप्ति मार्फत गरेको छ । यसै बीच पूर्व कुलपति गुरुङलाई नेपाल सरकारका तर्फबाट मासिकबृत्त ३० हजार रुपैयाँ प्रदान गरिने निर्णय केही महिना अघि भएको थियो । सो रकम सो प्रतिष्ठान मार्फत मासिक रुपमा प्रदान गरिँदै आएको पनि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप