१ दशमलव ५ बिलियन डलरको ठगी काण्डमा चीनमा २४ पक्राउ
मङ्गलबार, १८ फागुन २०७२, २० : १८
बेइजिङ – चीनको एक अदालतले गैरकानूनी ढंगबाट १ दशमलव ५ बिलियन अमेरिकी डलर उठाउने २४ व्यक्तिलाई जेलको सजाय सुनाएको छ । यसरी पैसा उठाउने क्रममा ति व्यक्तीहरुले हजारौँ जेष्ठ नागरिकहरुलाई ठगेका थिए ।
पक्राउ परेकामध्ये एकलाई आजीवन जेलसाजय सुनाइएको छ । त्यस्तै अन्य २३ जनालाई १४ वर्षको कैद सजाय सुनाइएको चिनियाँ सरकारी समाचार एजेन्सी सिनुवाले जनाएको छ । उनीहरुले सर्वसाधारणलाई सदस्यता दिलाउँदै आर्थिक प्रलोभनमा पारेर ठगेका थिए ।
यसक्रममा २ लाख ३० हजार ठगिएका छन् । चीनको गुवांगडोंग प्रान्तस्थित अदालतमा भएको सुनुवाईका क्रममा सयौँको संख्यामा पिडितहरु उपस्थित भएका थिए । सदस्यता लिएर पैसा सेभिंग गरेका थुप्रै जेष्ठ नागरिकहरुले त्यसक्रममा आशू चुहाएको सिन्ह्वाले जनाएको छ ।
कम्पनीको आर्थिक सेवाको नमूना निकै उत्कृष्ट रहेको भन्दै उनीहरु भ्रममा परेका थिए । एक महिलाले उनी र उनका श्रीमान्को सबै रकम बचतमै सकिएको बताएकी छिन् । अदालतले जेल सजाय सुनाइएका सबै २४ व्यक्तीको बैँक खाता रोक्का गरेको छ । तर पनि पिडितहरु आफ्नो पैसा फर्कने संभावना कम रहेको भन्दै चिन्तित देखिएका छन् । आजीवन जेल सजाय पाएका जियांग होंगविउले करोडौँ पैसा महगां सामान किन्न खर्चिएको र उनीसँग रहेको बाँकी पैसा कहाँ छ भन्ने विषयमा केही नखुलेका कारण पनि सर्वसाधारण चिन्तित देखिएको सिन्ह्वाले जनाएको छ । पछिल्लो समय चीनमा यसरी आर्थिक प्रलोभनमा पारेर मानिसहरुलाई ठग्ने क्रम बढेको छ । यसअघि अनलाईनमार्फत ल्याइएको यस्तै स्किमका कारण गत महिना ९ लाख ठगिएका थिए । त्यतिबेला २१ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण