पूर्व सैनिक, प्रहरीको घोषणापत्र सार्वजनिक
बुधबार, १९ फागुन २०७२, ०७ : २१
पोखरा– पूर्व सैनिक तथा प्रहरी महासङ्घको पोखरामा सम्पन्न प्रथम भेलाले पोखरा घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ ।
महासङ्घका संयोजक खेमजङ्ग गुरुङद्वारा हस्ताक्षरित घोषणापत्रमा पूर्व तथा सेवारत सैनिक एवम् प्रहरीलाई राज्यका सबै अङ्ग, निकाय एवम् नीतिनिर्माणका उच्च तहमा समुदायगत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
मित्रराष्ट्रको सैन्य सेवामा सेवारत गोरखा सैनिक आदिवासी जनजाति तथा खस पृष्ठभूमिका भएपनि राज्यले राजनीतिक, सांस्कृतिक, सामाजिक, भाषिक र धार्मिक अधिकारबाट वञ्चित गरेको भन्दै संविधानको पुनर्लेखनमा महासङ्घले जोड दिएको छ ।
संविधानमा उल्लिखित आदिवासी जनजाति, मधेसी, थारुलगायत सबै आयोगको अधिकार तथा कर्तव्य संविधानमै उल्लेख हुनुपर्ने घोषणापत्रमार्फत महासङ्घले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण