रौतहटमा एक प्रहरी जवानको मृत्यु
रौतहट – रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सडकखण्डमा गएराती रात्री बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजना प्रहरी जवानको मृत्यु भएको छ । गौरबाट काठमाडौंतर्फ गइरहेको ना५ख५०१२ नम्बरको रात्री सेवा बसले शुकदेव चौक नजिक गएराती साढें सात बजे विपरित दिशाबाट आउँदै गरेको औनतेष्ट नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पिपराभवानीपुर–१ का ३० वर्षीय श्यामशुन्दर सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको मुजेलिया दरबन्दी र धनौजी प्रहरीचौकीमा कार्यरत प्रहरीजवान सिंह बिदामा घरतर्फ जाँदै गरेको अवस्थामा बसले ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल बाटोमै भएपनि सिंह उछिटिएर धेरै तल पुगेका थिए । घटनाको केहीबेर पश्चात गम्भिर अवस्थामा रहेका सिंहलाई जिल्ला अस्पताल गौरमा उपचारको लागि लैजाँदा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र पोखरेलले बताएका छन् ।
घटनाबारे अन्य यात्रुले प्रहरीलाई खबर गरेका थिए । ठक्कर दिएर सबैयात्रुलाई गरुडा चौकमा झारेर भाग्दै गरेको बसलाई गरुडा ईप्रका अगाडि चेकपोष्टमा प्रहरीले पक्राउ गरेको थियो ।
ठक्कर दिने बस र चालक निजगढ नपा–६ का चन्द्रबहादुर तिम्मलसिना प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक सन्तुलाल प्रसाद जईसवारले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण