शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मिस ग्राण्ड झापा–२०१६ हुँदै

बुधबार, १९ फागुन २०७२, ०८ : ०४
बुधबार, १९ फागुन २०७२

झापा – किशोरीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गराउँदै महिला हिंसाको विरुद्धमा सचेतना समेत जगाउने उद्देश्यले मिस ग्राण्ड झापा–२०१६ गर्न लागिएको छ । मंगलबार विर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी ग्रिसा एण्ड कम्पनीको ब्यानरमा यो ‘ट्यालेन्ट सो’ हुन लागेको जानकारी दिइएको हो ।

प्रतियोगिताको पहिलो अडिसन नारी दिवसको सन्दर्भ पार्दै यही फागुन २७ गते गर्ने तयारी भएको आयोजक संस्थाका अध्यक्ष राज निरौलाले जानकारी दिए । प्रतिष्पर्धाको लागि अडिसनबाट २५ जनालाई छानिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा भारतीय मोडल प्रियङ्का रोय र नेपाली मोडल सलिना थेबेले कोरियोग्राफी गर्ने आयोजक संस्थाका पवन खतिवडाले जानकारी दिए । प्रतियोगितामा शीर्ष स्थान हाँसिल गर्नेलाई नगदसहितको अन्य विभिन्न आकर्षक पुरस्कार राखिएको र शीर्ष १० स्पर्धीलाई ‘सब–टाइटल’ को पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक दिपेन चौधरीले जानकारी दिए ।

कुल ७ लाख ८८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रम ग्ल्यामर प्रतिको नकारात्मक दृष्टिकोटलाई चिर्ने र प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाकी जयन्ती आचार्यले बताइन् ।

प्रतियोगिताको फाइनलमा अनमोल के.सी. र इन्दिरा जोशीलाई उपस्थित गराउने गरी तयारी भइरहेको आयोजकले जनाएको छ । कार्यक्रमको सफलताको लागि अहिले संस्थाको तर्फबाट सोनिका भण्डारी, ज्योति आचार्य, भाष्कर सिटौला, सुरज खड्का लगायतको टोली खटिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप