हचुवाको भरमा गैंडा स्थानान्तरण हुँदै
कसरा – चितवनका संरक्षणकर्मीहरुले हचुवाको भरमा हुन गइरहेको गैंडा स्थानान्तरणको विरोध गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया कुनै बहुराष्ट्रिय सस्थाको दवावमा आएर गैंडा लगिदै गरेको र विगतमा लगिएको अधिकांश गैंडा असुरक्षित भएकाले यसको विरोध गर्नुपरेको विरोधमा उत्रिएका संरक्षणकर्मीहरु बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्जले दुइ वर्ष अघि नै निर्णय गरेको भनेता पनि सरोकारवाला संघ संस्थालाई कुनै जानकारी नभएको र यसको सशक्त विरोध गर्ने मध्यवर्तिका मधुकर मल्ल बताउँछन् । यसबाट नै विदेशमा आएको ८५ लाख पचाउनका लागि मात्र हतार हतार गैंडा वर्दिया लगिँदै गरेको पुष्टि हुन्छ ।
हिजो स्थानान्तरणको विरोधमा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाइयो, आज निकुञ्जमा ज्ञापन पत्र बुझाएको बताउँदै निकुञ्जमा धेरै वर्ष गैंडा संरक्षणमा लागेका विकाश पाठक बताउँछन् । हामीलाई निकुञ्जले जानकारी दिएको र आज राति नै गैंडा बर्दिया पु¥याउने योजना निकुञ्जको रहेको पाठकले जानकारी दिए ।
विगतमा ८३ वटा गैंडा वर्दियामा पुगेकोमा हाल २९ वटा मात्र बाँकी रहेको तर चितवनमा त्यति नै समयमा ३०० बाट गैंडाको संख्या ६०० भन्दा माथि पुगेको हुँदा गैंडाको लागि सो उपयुक्त बासस्थान नभएको वन्यजन्तु विज्ञ तथा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका प्रा डा कृष्ण काफ्ले बताउँछन् ।
भत्ता पचाउनका लागि नै मन्त्रालय र विभागको निर्णय भन्दै गैंडा बर्दिया लैजान लागिएको भन्दै कसरा वरपरका केरुंगा उपभोक्ता समितिका सदस्यहरुको आक्रोश रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण