जिविस ताप्लेजुङको करिब तीन अर्बको बजेट पारित
ताप्लेजुङ– जिल्ला विकास समिति ताप्लेजुङले आगामी आव २०७३÷७४ का लागि रु २ अर्ब ८१ करोडभन्दा बढीको बजेट तथा कार्यक्रम पारित गरेको छ ।
मङ्गलबार सम्पन्न २३औँ जिल्ला परिषद्मा सार्वजनिक भएको बजेट तथा कार्यक्रमअनुसार आगामी आवका लागि रु २ अर्ब ८१ करोड ९७ लाख ६११ को बजेट रहेको छ ।
कुल बजेटमध्ये रु एक अर्ब ६५ करोड छ लाख ६६ हजार ८४४ कार्यक्रम खर्च र रु एक अर्ब १६ करोड ९० लाख ३३ हजार ६६७ प्रशासनिक खर्च रहेको छ ।
यस्तै, जिविस, केन्द्रीय कार्यक्रम र विषयगत निकायको कार्यक्रम खर्च रु एक अर्ब चार करोड ५३ लाख र प्रशासनिक खर्च रु एक अर्ब ११ करोड २८ लाख रहेको छ । यता, गैरसरकारी संस्थाको भने रु ६० करोड ५३ लाख २२ हजार कार्यक्रम खर्च हुँदा प्रशासनिक खर्च भने रु पाँच करोड ६२ लाख ४९ हजार रहेको छ । बजेट तथा कार्यक्रम स्थानीय विकास अधिकारी केशव भटृराईले पेस गरेका थिए ।
चालु आवको बजेटको तुलनामा आगामी आवको बजेट रु १० करोड ५१ लाखले बढी हो ।
यस्तै परिषद् बैठकले तिब्बत नाका जोड्ने ओलाचुङ्गोला–टीपताला भञ्ज्याङसम्मको सडक निर्माण कार्यका लागि सम्बन्धित मन्त्रालयमा बजेट विनियोजनका लागि आग्रह गर्ने निर्णय गरेको छ भने वसन्तपुर–गुफा–दोभान सडकलाई राष्ट्रिय राजमार्ग कायम गर्न र विद्युत्को ३३ केभिए प्रसारण लाइनलाई ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्म जोड्ने कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।
यसैगरी, २०७३ वैशाख १५ भित्र खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने गाविसलाई प्रोत्साहनस्वरुप प्रतिगाविस रु ५० हजार अनुदान दिने निर्णय पनि गरेको छ ।
यसअघि सन् २०१५ भित्रमा ताप्लेजुङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम बनाइए पनि असफल भएको थियो । ४८ गाविस र एक नगरपालिकामध्ये नगरपालिकासहित १३ वटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् ।
यस्तै, ताप्लेजुङ जिल्लामा एकल पर्यटकका लागि खुल्ला गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साथै नगदे बाली अलैँची क्षेत्र घोषणा गरी यसको विकास र प्रवद्र्धनका लागि कृषि मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण