कर्णाली रोजगार कार्यक्रम प्रशिक्षण सम्पन्न
हुम्ला– कर्णाली रोजगार कार्यक्रम अन्तर्गत हुम्ला जिल्ला रोजगारीका लागि सोमबार यहाँ एक प्रशिक्षण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला विकास समितिको आयोजनामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्णाली क्षेत्र विकास एकाइ, सिंहदरबार काठमाडौँबाट सो गोष्ठी भएको हो ।
हुम्ला जिल्लाका २७ गाविसका सचिव एवम् सामाजिक परिचालकले दुईदिने प्रशिक्षण कार्यशाला गोष्ठीमा भाग लिएका थिए ।
हुम्ला जिल्लाका गाविसमा कर्णाली रोजगार कार्यक्रममा सिँचाइ, खानेपानी, फलफूल, जलविद्युत्, मोटरबाटो, तरकारीखेती, जडीबुटी उत्पादन, आयआर्जन, सीप विकास, पुलपुलेसा, नर्सरी, कुलोलगायत गरी २६ योजना छनोट गरी आव २०७१÷७२ सालमा सम्पन्न भएका योजनालाई रकम प्रदान गरिएको विवरण सदस्य सचिव एवम् जिल्ला इन्जिनियर सरोज भण्डारीले प्रस्तुत गरे ।
स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत डा डिजन भट्टराईले कर्णाली अञ्चलका पाँच जिल्लामा कर्णाली रोजगार कार्यक्रम बेरोजगार, विपन्न घरधुरीलाई श्रम गरेर गरिबीबाट उकास्न सरकारले कार्यक्रम लागू गरेको जानकारी दिए ।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले कर्णाली अञ्चलका जनता पछाडि परेकाले सरकारले कर्णाली रोजगार कार्यक्रम लागू गरेको जानकारी दिए ।
निमित्त स्थानीय विकास अधिकारी लक्ष्मी घिमिरेको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण