शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राजनीतिक क्रान्तिको बहानामा मुलुकलाई बन्धक बनाउन मिल्दैन : उद्योगमन्त्री पाण्डेय

बुधबार, १९ फागुन २०७२, ०८ : २६
बुधबार, १९ फागुन २०७२

रुपन्देही– उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले राजनीतिक क्रान्तिको बहानामा मुलुकलाई कसैले पनि बन्धक बनाउन नहुने बताएका छन् ।

रुपन्देहीको देवदहमा मंगलबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले मुलुकलाई समृद्धिको बाटोमा लानका अब आर्थिक क्रान्तिको विकल्प नभएको बताए ।

उनले आत्मनिर्भरमुखी बन्नका लागि कृषि तथा कृषिजन्य उत्पादन पर्यावरण, वन पैदावरलगायतका प्रसस्त सम्भावना भएकाले तिनको प्रयोग गरी आत्मनिर्भरताको दिशामा लाग्न जरुरी छ, भने ।

सरकारले पछिल्लो समय उत्पादनमुखी कार्यक्रम र योजनाहरु बनाएको बताउँदै मन्त्री पाण्डेयले रुपन्देहीको मोतीपुरमा प्रस्तावना गरिएको औद्योगिक क्षेत्र चाँडै नै सञ्चालनमा आउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप