प्याराग्लाइडिङ दुर्घटनामा पर्ने सबै विदेशी पाइलट
पोखरा– नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा पोखरामा सञ्चालित प्याराग्लाइडिङ प्रि–वल्ड कप एवम् खुल्ला प्रतियोगितामा भाग लिने क्रममा मंगलबार दुर्घटनाममा पर्ने सबै विदेशी पाइलट रहेको प्रहरीले जनाएको छ ।
दिउँसो १ः४५ बजे सराङकोटबाट उडेका प्याराग्लाइडमध्ये खराब मौसमका कारण सात वटा प्याराग्लाइडिङ फेवातालमा र एउटा पोखराको अर्मलास्थित रुखमा अल्झिएको थियो ।
दुर्घटनाको खबर पाउनासाथ साथ तत्काल पुगेका सुरक्षकर्मीको सक्रियतामा सबैको सकुशल उद्धार गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा रसियाका चार जना, काजकिस्थानका एकजना, चिनको एकजना र युक्रेनका दुई जना रहेका छन् ।
रसियाका आन्द्रेइ चेस्नोकोभ, भिचे स्लाब कोप्चाइन्स्की, आलेस्की माकारोव र सेर्जे चेप्लेभ, चिनका यु वाङ, काजिकस्थानकी महिला दिनारा अस्मानोभ र युक्रेनी नागरिक वोल्केसी कोलेस्नेक र वालेन रहेका छन् ।
प्रतियोगिता आयोजक समितिका संयोजक योगश भट्टराईका अनुसार अकस्मात् आएको चर्को हावाका कारण प्याग्लाइड अन्यिन्त्रित हुँदा अवतरका क्रममा दुर्घटना भएको हो ।
उद्धारका लागि दुई वटा कायक र एउटा डुङ्गासहित पाँचजना फेवातालमा तैनाथ राखिएका कारण सुरक्षाकर्मीसमेतको सहयोगमा सकुशल उद्धार गर्न सकिएको उनले बताए ।
यसैबीच हवाई खेलकुद संस्थाले मंगलबार एक विज्ञप्ति जारी गरी उद्धारमा खट्ने सुरक्षा निकाय, स्थानीयवासीसहित सम्पूर्णप्रति आभार व्यक्त गर्दै भोलिका प्रतियोगिता जारी रहने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण