बागलुङको बजेट सात अर्ब
बागलुङ– जिल्ला विकास समिति बागलुङले आगामी आव २०७३÷७४ का लागि रु सात अर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ ।
जिविसको २४औँ जिल्ला परिषद्ले कुल रु सात अर्ब ६४ करोड १६ लाख ६५ हजार बजेट पारित गरेको हो ।
जिल्लाको विकास योजना÷कार्यक्रम सञ्चालन र प्रशासनिक खर्चतर्फको अनुमानित आय÷व्यय सार्वजनिक गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले बताए ।
प्रस्तावित कुल बजेटमध्ये पुँजीगततर्फ रु पाँच अर्ब १९ करोड २२ लाख आठ हजार ८४८ विनियोजन गरिएको छ ।
त्यस्तै, प्रशासनिकतर्फ रु दुई अर्ब ४८ करोड ९४ लाख ५६ हजार ६८३ प्रस्ताव गरिएको छ । जिल्लाभित्र क्रियाशील सरकारी तथा गैरसरकारी निकाय÷संस्थाबाट प्रस्तावित बजेटलाई एकमुष्ट गरी आय÷व्यय अनुमान प्रस्ताव गरिएको हो ।
यसमा सरकारी कार्यालयको पुँजीगततर्फको बजेट रु एक अर्ब ५५ करोड ८३ लाख ८६ हजार र चालुतर्फ रु एक अर्ब ८४ करोड ६३ लाख ७२ हजार रहेको छ । सरकारीतर्फ पुँजी र चालु गरी कुल रु तीन अर्ब ४० करोड ४६ लाख ६३ हजारको बजेट प्रस्ताव गरिएको छ । गैरसरकारी संस्थाको बजेट सरकारी कार्यालयको तुलनामा बढी छ ।
आगामी आवका लागि जिल्लामा सञ्चालित गैरसरकारी कार्यालयबाट रु चार अर्ब २७ करोड ७० लाखको बजेट प्रस्ताव गरिएको छ । स्थानीय विकास अधिकारी गौतमका अनुसार इलाकास्तरबाट प्राथमिकतामा परेका आयोजनाका लागि बजेट विनियोजन गरिएको छ । जिविसको स्रोत साधनले नपुग्ने आयोजना केन्द्रीय तहमा पठाउने गरिएको छ ।
बस्ती, वडा, गाविस, इलाका गोष्ठी हुँदै जिल्ला परिषद्मा आएका आयोजना छनोट गर्ने गरिएको छ । इलाका परिषद्पछि जिल्लामा विषयगत कार्यालयसँगै छलफल, योजना तर्जुमा गोष्ठी हुँदै जिल्ला परिषद्को बैठक राखेर आगामी आवको बजेट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण