शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दुर्घटनाबाट जोगियो गोमा एयरको विमान, चरा ठोक्किएपछि ग्राउन्डेड

बुधबार, १९ फागुन २०७२, १० : ३४
बुधबार, १९ फागुन २०७२

काठमाडौं – गोमा एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । बुधबार बिहान लुक्लाको लागि उडेको विमानमा चरा ठोक्किए पनि ठूलो क्षति हुनबाट जोगिएको हो । त्रिभुवन विमानस्थलका अनुसार गोमा एयरको ९एनएकेजेड कल साइनको विमानमा बिहान पौने ९ बजे चरा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानलाई त्रिभुवन विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको थियो । त्रिभुवन विमानस्थल अधिकारीका अनुसार अहिले विमानको जाँच भइरहेको छ ।

यता, विमानमा पंखामा चरा ठोक्किएको गोमा एयरले जनाएको छ । प्लेनमा खासै क्षति नभएको एयरलाइन्सका कर्मचारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप