जिहादका लागि विन लादेनले छाडेका थिए २.९ करोड डलरको व्यक्तिगत सम्पत्ति
काठमाडौं – अलकायदाका प्रमुख ओसामा विन लादेनले आफ्नो संगठनका लागि २९ मिलियन अमेरिकी डलर बराबरको व्यक्तिगत सम्पत्ति छाडेको खुलासा भएको छ । सन् २०११ मा पाकिस्तानको ओसामा निवास अबोटाबादमा अमेरिकी सेनाले गरेको हमलापछि प्राप्त कागजतबाट उक्त खुलासा भएको हो । अमेरिकी मिडियामा सेनाले जारी गरेको ओसामाको वारेशनामामा उनले आफ्नो सम्पत्ति ‘जिहाद’ का लागि दिने उल्लेख गरिएको छ । लादेनले आफ्नो परिवारलाई वारेसनामा पालना गर्न अग्रह गर्दै आफ्नो सम्पति ‘आल्लाह’ का लागि ‘जिहाद’ लाई दिने बताएका छन् । उनले आफ्नो सम्पत्ति सुडानमा रहेको उल्लेख गरे पनि उक्त सम्पत्ति पैसा हो वा अन्य हो भन्ने खुलाएका छैनन् । लादेन सन् १९९० को दशकमा सुडानी सरकारको पाहुनाको रुपमा ५ वर्ष बसेका थिए । लादेन सन् २०११ को मे महिनामा पाकिस्तानको अबोटाबादमा गरिएको अमेरिकी सेनाको कारवाहीमा मारिएका थिए । अहिले अलकायदाको नेतृत्व अयमान अल जवाहिरीले गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण