काजोल र गौरीलाई दिल्ली सरकारको पत्र : पतिलाई पान मसलाको विज्ञापन गर्न नदिन अपिल
नयाँ दिल्ली – अरविन्द केजरीवाल सरकारले पान मसालाको प्रबद्र्धन गर्ने बलिउड सेलिब्रिटीहरुलाई रोक्न नयाँ तरिका अपनाएको छ । दिल्ली सरकारले शाहरुख खान, अजय देवगन र अरबाज खान र गोविन्दाकी पत्नीहरुलाई एक पत्र पठाएका छन् । पत्रमा पान मसलाबाट क्यान्सर हुने भन्दै स्टार पत्नीहरुलाई आफ्नो पतिलाई पान मसलाको विज्ञापन गर्नबाट रोक्न आग्रह गरिएको छ । शाहरुखकी पत्नी गौरी खान हुन् भने अरबाजको मलाइका अरोरा खान, अजयको काजोल र गोविन्दाकी पत्नी सुनिता आहुजा हुन् । शाहरुखकी पन्ती गौरीलाई लेखिएको पत्रमा भनिएको छ, ‘हामी अपिल गछौं कि तपाईं शाहरुखलाई पान मसाला प्रबद्र्धन गर्न रोक्नुहोस् । पान मसालामा प्रयोग हुने वस्तुले मुखको क्यान्सर हुनसक्छ ।’ पत्रमा सरकारले अन्य सेलिब्रिटीहरुलाई पनि पत्र लेखेको उल्लेख गर्दै उनीहरुलाई पनि यस्तै अपिल गरेको बताएका छन् । दिल्ली सरकारको एडिसनल हेल्थ कमिस्नर डा. एसके अरोडाले स्टार पत्नीहरुलाई पत्र लेखेका हुन् । यद्यपि, अहिलेसम्म त्यसको जवाफ आएको छैन । अरोडाका अनुसार पान मसालाको विज्ञापन गर्ने सन्नी लियोनीलाई पनि पत्र पठाइएको छ । उनलाई पान मसालाविरुद्ध सरकारले चलाएको अभियानमा सामेल हुन अग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण