शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

धुर्मुस-सुन्तलीको रुपसँगै नाम पनि परिवर्तन

बुधबार, १९ फागुन २०७२, १२ : ५३
बुधबार, १९ फागुन २०७२

काठमाडौं–हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को नयाँ रुप सार्वजनिक भएको छ । सर्ट मूभि ‘ज्योती’ (The Power Of Light) मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो । बालमैत्री समाजको महत्व र आवश्यकता औँल्याउने सर्ट मूभि ‘ज्योती’कोे अहिले देशकै पहिलो बालमैत्री नगरपालिकाको रुपमा चिनिएको नवलपरासीको सुनवल नगरपालिकामा छायांकन भइरहेको छ ।

भविष्यमा देश हाँक्ने मेरुदण्ड बालबालिकालाई समाजका हरेक काममा सहभागि गराउनुपर्नेमा यस चलचित्रले जोड दिने निर्देशक सिताराम कट्टेलले बताएका छन् । बालमैत्री समाजले देश विकासमा ठूलो टेवा पुग्ने भएकाले त्यसका लागि जनचेतना जगाउनका लागि सर्ट मूभि ‘ज्योती’ निर्माण गरिएको उनको भनाई छ । साना बालबालिकालाई नपत्याउने र नेतृत्व गर्नका लागि केस पाक्नैपर्छ भन्ने मानसिकता परिर्वतनमा ‘ज्योती’ले सहयोग गर्ने उनीहरुको विश्वास छ । चलचित्रले दर्शकलाई हँसाउनुको साथै कतिपय ठाउँमा रुवाउने खालको कथा रहेको सुन्तलीले बताएकी छन् ।

यस सर्ट मूभिको कथा सिताराम कट्टेल र दिपक आचार्यले लेखेका हुन् भने पटककथा संवाद पनि आचार्यकै रहेको छ । सर्ट मूभि ‘ज्योती’मा धुर्मुस सुन्तलीसँगै संगम विष्ट मुख्य पात्रको रुपमा देखिने छन् । यस्तै, यमन श्रेष्ठ, दिपक आचार्य, अविरल अधिकारी, सुरेश थापा (दर्शने), जानुका पौडेल केसी, सुरविर पण्डित (दारी बा), विपना शर्मा साथै नवलपरासीको सुसेली समूहका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप