शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इजरायली सैनिकको गोलीबाट दुई प्यालेस्टाइनीको मृत्यु

बुधबार, १९ फागुन २०७२, १३ : ०६
बुधबार, १९ फागुन २०७२

जेरुसेलम–इजरायली सैनिकको गोली प्रहारबाट बुधबार दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

सो घटनामा अन्य एक घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । वेस्ट बैंक आवसीय क्षेत्रमा सो आक्रमण भएको बताइएको छ ।

गत मङ्गलबार पनि कलान्दिया शरणार्थी शिविरमा इरायली सैनिक र प्रहरीबाट भएको गोली प्रहारमा एक प्यालेस्टिाइनीको मृत्यु भएको थियो । साथै सो गोली प्रहारमा परी अन्य १० जना घाइते भएका थिए ।

इजरायल र प्यालेस्टाइन क्षेत्रमा गत अक्टोबरबाट सुरु भएको हिंसामा कम्तीमा पनि १७८ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

यसमध्ये २८ जना इजरायली, एक अमेरिकी, एक सुडानी र एक इरिट्रियन तथा बाँकी सबै प्यालेस्टिाइनी रहेका जानाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप