'स्वर्ग पुगिन्छ' भन्दै चार्टड एकाउन्टेन्टले आफ्नै परिवारका १४ जनाको हत्या गरेको खुलासा
बुधबार, १९ फागुन २०७२, १३ : ३०
मुम्बई – भारतको महाराष्ट्रस्थित ठाणेका एक व्यक्तिले अन्धविश्वासमा परेर आफ्नै परिवारका १४ जनाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । मारिनेमा ७ बालबालिका र ६ महिला रहेका छन् । उनीहरुको हत्यापछि ती व्यक्तिले आफै आत्महत्या गरे ।
गत शनिबार राति १२ बजेपछि घोरबन्दर रोड इलाकामा यस्तो घटना घटेको थियो । घटनाका आरोपी हसनैन वरेकरले पार्टीको बाहनामा सबैलाई आफ्नो घर बोलाएका थिए । त्यसपछि सबैलाई बेहोस हुने औषधि खुवाएर घाँटी रेटेका थिए । घटनामा आरोपीका बहिनी भने बाँचेकी थिइन् । शुरुआती छानविनपछि यसरी आफ्नै परिवारको हत्या गर्ने व्यक्ति काला जादूगरहरुको षड्यन्त्रमा फसेको प्रहरीले बताएको छ । घटनापछि प्रहरीले हत्यारा हसनैन जादू टूनामा विश्वास गर्ने व्यक्ती गरेको पत्ता लगाएको छ । घटनामा बचेकी उनकी बहिनी सुबिया र अन्यले प्रहरी समक्ष यस्तो बयान दिएका हुन् । सुबियाका अनुसार उनी परिवारसँगै स्वर्ग जाने सपना देख्थे । त्यसै सपनाले उनलाई जादूगर र विभिन्न बाबाहरुको समिपमा पुर्याएको थियो । उनी आनन्दनगर क्षेत्रमा परदेशी बाबाको कूटिमा थुप्रै घण्टा बिताउँथे ।रोचक कुरा छ के छ भने हसनैन पढे लेखेका व्यक्ती र पेशाले चार्टड एकाउन्टेन्ट हुन् । प्रहरीले अहिलेसम्म हत्याको कारण यही हो भनेर पुष्टि भने गरिसकेको छैन् । तर सर्वसाधारणले यसअघि पनि बाबाहरुको चक्करमा परेर उनले परिवारका सदस्यहरुलाइ मार्ने कोसिस गरेको बताएका छन् । दुई वर्षअघि तान्त्रिकले दिएको दबाई खानामा मिलएर खुवाउँदा परिवारका सदस्यहरु अस्ताल भर्ना गर्नुपरेको थियो । पछि खानामा विष भएको पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण