शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सभापतिका तीनजानै दावेदार भन्छन् : काँग्रेस संविधान अनुसार रुपान्तरण हुनपर्छ

बुधबार, १९ फागुन २०७२, १४ : ५१
बुधबार, १९ फागुन २०७२

काठमाडौं – सभापतिका दावेदार काँग्रेसका तीन नेताले काँग्रेस संविधान अनुसार समावेशी बन्न नसकेकोले अब आफै रुपान्तरण हुनुपर्नेमा जोड दिएका छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरीष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाले काँग्रेस अव संविधान कार्यान्वयनका लागि पहिला काँग्रेस आफू समावेशी बन्नुपर्ने बताए । आसन्न तेह्रो महाधिवेशनको प्रचारको लागि पार्टी मुख्यालय सानेपामा प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनीहरुले संविधान अनुसार काँग्रेस विधान संसोधन हुन नसकेकोले यो महाधिवेशनबाट संविधान अनुसारको विधान बनाउने प्रतिबद्धता जनाए । ‘संविधान अनुसार काँग्रेस विधान संसोधन हुन नसकेकोले यो महाधिवेशनबाट संविधान अनुसारको विधान बनाउछौँ,’ कार्यबाहक सभापति रामचन्द्र पौडेल भने, ‘काँग्रेस नेतृत्वमा बनेको संविधान कार्यान्वयन पनि काँग्रस नेतृत्वमै हुने भएकोले कसको नेतृत्वमा देश हाक्ने भन्ने कुरा महाधिवेशनले टुंगो लगाउनुपर्छ ।’ उनले काँग्रेस सामु एउटा राष्ट्रय समस्या समाधन र अर्को परिवर्तनलाई संस्थागत गर्नका लागि आफै परिवर्तन हुनुपर्ने चुनौती रहेकोले त्यसको सामना गर्ने गरी नेतृत्व चयन गर्नुपर्ने बताए । बरिष्ठ नेता देउवाले संविधान अनुसार काँग्रेसलाई समावेशी बनाएमा मात्र संघीय गणतन्त्र संस्थागत हुने बताए । उनले बामपन्थीहरुलाई रुपान्तरण गर्दै यहाँसम्म ल्याउन काँग्रेसले भूमिका खेलेकोले अझै प्रजातान्त्रिक पार्टी बनाउन यो महाधिवेशनले भूमिका खेल्ने दावी गरे । महामन्त्री सिटौलाले पनि काँग्रसकै नेतृत्वमा कम्युनिष्टहरु यहाँसम्म आएकोले अब संविधान कार्यान्वयनका लागि काँग्रस आफै रुपान्तरण हुनुपर्नेमा जोड दिए । ‘युद्धरत पार्टीसमेतलाई काँग्रसको नेतृत्वमा रुपान्तरण ग¥यौँ,’ उनले भने, ‘अब संविधान कार्यान्वयनको लागि आफै समावेशताको दृष्टिकोण अगाडि सार्न जरुरी छ ।’ उनले जसले जिते पनि नेपाली काँग्रेसका कार्यकर्ताको बिजय हुने र जित्नेले सबैलाई एक बनाएर लैजाने बताए । पार्टीका महामन्त्री प्रकाशमान सिंहले देशलाई समस्याबाट निकासका लागि राजनीतिक संस्कार जरुरी रहेको बताए । ‘अब संविधान कार्यन्वयन गरेर नेपाललाई समृद्धिको मार्गमा लैजान काँग्रेसले ध्यान दिन जरुरी छ ।’ उनले भने, ‘यो महाधिवेशनबाट काँग्रेस बोल्नेमात्र होइन, काम गरेर देखाउने पार्टीका रुपमा स्थापित हुनेछ ।’ देशमा संघिय लोकतान्त्रिक गणन्त्रात्मक संविधान निर्माणको लागि शुशिल कोईरालाको भूमिका महत्वपूर्ण रहेको भन्दै सबै नेताले कोइलाको गुणगान गाए । महाधिवेशन प्रचार विभाग संयोजक मिनेन्द्र रिजालले काँग्रेसभित्र राजनीतिक–वैचारिक मतभेद नभएको दावी गरे । ‘को नेतृत्वमा पुग्ने भन्नेबाहेक अरु विषयमा काँग्रेसमा कुनै मतभेद छैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप