शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कटप्पाले बाहुबलीलाई किन मारे ? : उत्तर २०१७ मा

बुधबार, १९ फागुन २०७२, १६ : ४५
बुधबार, १९ फागुन २०७२

मुम्बई – ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ यो प्रश्न एक समय समाजिक सञ्जालमा निकै चर्चित बनेको थियो । ब्लकबस्टर चलचित्र ‘बहुबली : द बिगिनिङ’को अन्तिममा अनुत्तरित राखिएको यस प्रश्नको उत्तर दर्शकहरुले सन् २०१७ मा पाउने भएका छन् । चलचित्रको दोस्रो भाग ‘बाहुबली : द कन्क्लुजन’ को रिलिज गर्ने मिति तय भएको छ । आगमी सन् २०१७ को अप्रिल १४ मा चलचित्र प्रदर्शनीमा आउने तयारी गरिएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले यस विषयमा जानकारी दिँदै ट्वीट गरेका छन् । अघिल्लो वर्षको जुलाई १० मा बाहुबलीको पहिलो भाग रिलिज गरिएको थियो । जसले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप