काँग्रेस महाधिवेशनमा माछामासुसहितको खाना
काठमाडौँ–नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा सहभागी हुन आउनेलाई काँग्रेसले माछामासुसहितको खाना खुवाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी भोजन तथा आवास व्यवस्थापन समितिले उनीहरुलाई नौ छाक खाना खुवाउने तयारी गरिएको समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिए ।
मुसलमान समुदाय र साहकारीका लागि उनीहरुको चाहनाअनुसार छुट्टै खानपानको व्यवस्था गरिने भएको छ । भोजनका लागि कुल रु एक करोड दुई लाख छयासी हजार २५० खर्च हुने अनुमान समितिले गरेको छ ।
आवासका लागि भने महाधिवेशन अवधिभर झन्डै रु दुई करोड २० लाख एक हजार ३८४ खर्च हुने अनुमान गरिएको छ । महाधिवेशनभर प्रतिनिधि बस्नका लागि ठमेलका ४५, गौशालाका १९, सुन्धाराका ६२ र बागबजारको एक होटल गरी १२७ वटा होटल व्यवस्था गरिएको छ ।
उहाँले महाधिवेशनका लागि देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधि बाहेक पर्यवेक्षक, पाहुना र सहयोगीहरुसहित झण्डै तीन हजार ५०० लाई भोजन तथा आवासको तयारी गरिएको बताए । काठमाडौं उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरबाट आउनेहरुलाई भने आवासको व्यवस्था गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, सतर्क रहन अनुरोध
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
-
नदी, पहाड र मौनता : बैतडीको यात्रा
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण