वेलकम रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा महिलासहित २२ जना पक्राउ
दाङ–तुलसीपुरमा जुवा खेलाउने गिरोह सक्रिय रहेको चर्चा चलिरहेका बेला तुलसीपुर प्रहरीले एक जना महिलासहित २२ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सुराकीको आधारमा गएको प्रहरी टोलीले तुलसीपरको बाहिनी चोक नजिकै रहेको वेलकम रेष्टुरेन्टमा छापा मारी २२ जनालाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले २ लाख ५८ हजार ४ सय ८० रुपैयाँ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख सन्तोष रोकाका अनुसार पक्राउ पर्नेमा होटेल संचालक तथा जुवा खेलाउने महिला लक्ष्मी चौधरी, त्यसैगरी जुवाडेहरुमा तुलसीपुर–६ निबासी पुर्णबहादुर गिरी, दिपेन्द्र गिरी, विनोद गिरी, मोहन न्यौपाने, पुष्कर भण्डारी, रामप्रसाद गिरी, लिला बहादुर बस्नेत, मिनु गिरी, निर्मल बस्नेत, सन्तोष लामीछाने, तुलसीपुर–५ का कुशल शर्मा, कृष्ण वली, घनश्याम योगी, मोतीराम बस्नेत, थम्मन केसी , तुलसीपुर १२ का ठाकुर बस्नेत, अरुण रावत, तुलसीपुर १९ का पुर्ण बहादुर केसी, पुष्पराज गिरी, तुलसीपुर ९ बस्ने दुर्गा केसी र तुलसीपुर २० निबासी घनश्याम चौधरी रहेका छन् ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाइएको दाङका प्रहरी प्रमुख कुवेर कडायतले बताए । दिउँसो करीब ३ बजे पक्राउ परेका जुवाडेलाई छोड्न नेताको दवाव आउन सक्ने भन्दै प्रहरीले तत्काल मुद्दा चलाएको प्रहरी स्रोतले बताएको छ । यसअघि पनि विभिन्न समयमा पक्राउ पर्ने गरेका जुवाडेहरुको पैसा जफत भए पनि आइन्दा गल्ती नगर्ने सर्तमा छुट्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण