शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

निशा मस्की–मस्की हिँड्ने, पल शाह फकाउने (भिडियोसहित)

बिहीबार, २० फागुन २०७२, ०८ : ३२
बिहीबार, २० फागुन २०७२

काठमाडौं – गायक किरण इजम लिम्बुको ‘मस्कीमस्की’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनको दोस्रो एल्बम ‘ओझेल’मा समावेश यो गीतको भिडियोमा चर्चित मोडल पल शाह र निशा लिम्बुले अभिनय गरेका छन् ।

किरणले यसअघि सार्वजनिक गरेको गीत ‘नयनभरी’मा पल र निशाकै जोडी देखिएको थियो । गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । हालसम्म युट्युबमा पाँचलाख भन्दा बढी पटक गीत हेरिसकिएको छ । ‘मस्कीमस्की’को निर्देशन र सम्पादन पनि ‘नयनभरी’का निर्देशक विज्ञान राईले नै गरेका हुन् ।

सुन्दा र हेर्दा उस्तै रमाईलो लाग्ने यो गीतको शब्द र संगीत गायक जेनिश लामाको हो । संगीत संयोजन भने टेकेन्द्र याक्सोको रहेको छ । गीतमा पलले निशालाई आफ्नो प्रेममा पार्नका लागि गरेको संघर्ष देख्न सकिन्छ । अन्त्यमा, कसरी निशा पलको हुन्छिन् ? भिडियोमा देखाउन खोजिएको छ ।

भिडियोको छायांकन ज्ञानेन्द्र शेर्माले गरेका हुन् । यो गीतबाट आफुले निकै आशा राखेको गायक इजमले बताए । ‘‘नयनभरी’जस्तै यो गीतलाई पनि दर्शकले रुचाउनुहुन्छ भन्ने आशा छ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप