हत्या गरिएकाका परिवारलाई सहयोग
बिहीबार, २० फागुन २०७२, ०८ : ४२
भीमदत्तनगर– कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ कलुवापुरका व्यवसायीले केही दिनअघि हत्या गरिएका होटल व्यवसायीका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
आइतबार राति कलुवापुरस्थित होटल बैतडीका सञ्चालक दामोदर अवस्थीको हत्या गरिएको थियो । बुधबार कलुवापुर बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष जयबहादुर विष्टसहितको व्यापारीको टोलीले स्थानीय बजारबाट सङ्कलित रु १४ हजार ६०० अवस्थीका परिवारलाई हस्तान्तरण गरेका छन् ।
हत्यामा संलग्न स्थानीयवासी चारजना युवालाई प्रहरीले पक्राउ गरी कारबाही थालेको छ । घटनापछि यहाँका व्यवसायीले प्रहरी बिटका साथै व्यवसायीको सुरक्षाको मागसमेत स्थानीय प्रशासनसित गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण