भ्रष्टाचार नियन्त्रण सशक्त पार्नु आवश्यक
बैतडी–अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय प्रमुख रवीन्द्रप्रसाद शर्माले भ्रष्टाचारविरुद्धको कारबाहीलाई सशक्त ढङ्गले अघि बढाउने बताएका छन् ।
बैतडीमा बुधबार सम्पन्न ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तर्कृया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
भ्रष्टाचार जानेबुझेको पढेलेखेको व्यक्तिबाटै हुने गरेको छ, उनले भने – “भ्रष्टाचार नियन्त्रण गर्न सबैले चनाखो हुनुपर्ने भन्दै समाजलाई सचेत पार्न सचेतनामूलक अभियानमा हामी लागेका छौँ ।”
कार्यक्रममा बोल्दै अधिकांश व्यक्तिले भ्रष्टाचार नियन्त्रणको सुरुवात राजनीतिक क्षेत्रबाटै हुनुपर्नेमा जोड दिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सीमा सीमित भएको र भ्रष्टाचार नियन्त्रणमा सरकारी संयन्त्र उदासीन भएको भन्दै भ्रष्टाचार नियन्त्रणमा मुलुकको नीति, न्याय क्षेत्रको निष्पक्षता, सञ्चार क्षेत्रको पहुँचमा सार्वजनिक क्षेत्र आदिजस्ता व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सुदूरपश्चिमका सेती र महाकाली अञ्चलका सबै जिल्लाबाट अख्तियारको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा दर्ता भएका दुई हजार ३८५ उजुरीमध्ये ७८ दशमलव ७४ प्रतिशत अर्थात् एक हजार ८७८ फछ्र्योट गरिएको छ भने ५०७ बाँकी रहेको कार्यक्रममा बताइएको थियो ।
अदालतमा दर्ता गरिएका मुद्दाअन्तर्गत स्थापनाकालदेखि चालु आवको माघ मसान्तसम्म एक करोड सात लाख छ हजार ८५९ रुपयां २९ पैसा असुल भएको पनि अख्तियारको प्रतिवेदनमा उल्लेख छ । तीन वर्षको अवधिमा महाकाली अञ्चलको बैतडीबाट २८३ उजुरी परेकामा २०७ फछ्र्योट भएका छन् ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र क्षेत्राधिकार विषयमा आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय दिपायलका शाखा अधिकृत तेजप्रकाश जोशीले बो ेका थिए भने पत्रकार महासङ्घका अध्यक्ष नरेन्द्र भट्टले टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण