बिल गेट्स फेरि विश्वकै धनी व्यक्ति
काठमाडौं – फोब्र्सले यस वर्षको अर्बपतिहरुको सूचि सार्वजनिक छ । नयाँ सूचीमा १,८१० जना अर्बपति रहेका छन् । उनीहरुसँग ६.४८ ट्रिलियन सम्पत्ति रहेको छ । यस वर्षको सूचीमा २ सय २१ जनाको सम्पत्ति घटेको छ भने १ सय ९८ जना नयाँ आएका छन् । सन् २०१५ मा अर्बपतिहरुसँग ७.०५ ट्रिलियन डलर सम्पत्ति रहेकोमा यस वर्ष सम्पत्ति घटेको छ । बिल गेट्स सबैभन्दा धनी ७५ विलियन डलरसहित माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका छन् । गत वर्ष उनीसँग ७९.२ बिलियन डलर सम्पति रहेको थियो । उनको सम्पति घटेपनि उनी अझै शीर्ष स्थानमा रहेका छन् । गेट्सपछि अमान्सियो ओर्टेगाको ६७ बिलियन डलर सम्पत्तिसहित दोस्रो स्थानमा रहेका छन् । उनी फेसन चेन जाराका मालिक हुन् । तेस्रो स्थानमा ६०.८ बिलियन डलर सम्पत्तिसहित तेस्रो स्थानमा रहेका छन् । कार्लोस स्लिम हेलु ५० बिलियन डलरसहित चौंथो स्थान तथा एमाजोनका सिइओ जेफ बेजोस ४५.२ बिलियन डलरसम्पत्तिसहित पाँचौं स्थानमा रहेका छन् । फेबुबका सिइओ ४४.६ बिलियन डलरसहित छैटौं स्थानमा रहेका छन् । ५ सय जनामा विश्वको सम्पत्ति केन्द्रीत १८१० जना अर्बपति रहेपनि विश्वको धेरै सम्पत्ति शीर्ष ५०० जनामा केन्द्रीत रहेको छ । उनीहरुसँग विश्वको ४.१६ ट्रिलियन सम्पत्ति रहेको छ । जसमध्यै १ सय ८३ जना अमेरिका, १४९ जना युरोप, ११९ एसिया–प्रशान्त, ३२ जना बाँकी अमेरिकी र १७ जना अरब र अफ्रिकाबाट रहेका छन् । बेइजिङभन्दा न्युयोर्क अघि अर्बपतिको सूचीमा यसअघि बेइजिङले न्युयोर्कलाई जितेको खबर आएपनि फोब्र्सको सूचिमा अझै पनि न्युयोर्क नै अघि देखिएको छ । न्युयोर्कसँग ७९ अर्बपति रहँदा बेइजिङसँग ५१ अर्बपति रहेका छन् । दोस्रो धेरै अर्बपति रहेको सहरको सूचीमा हङकङ दोस्रो, मस्को तेस्रो र बेइजिङ चौंथो रहेका छन् । पाँचौं स्थानमा लण्डन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण