कांग्रेसलाई अब समावेशी पार्टी बनाउनुपर्छ : देउवा
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसलाई समावेशी पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टीमा जनजाती, आदिवासी, दलित, महिला, मधेशीलाई पार्टीमा ल्याएर उनीहरुको समानुपातिक प्रतिनिधत्व सुनिश्चित गर्नुपर्ने उनको धारणा थियो । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदको दाबेदार देउवाले महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै भने, ‘यो महाधिवेशनको उद्घाटनमा भएको उपस्थितिले भनेको छ, काँग्रेसमा सदभाव छ । आर्कषण छ । महाधिवेशनले के गर्छ भन्ने चासो छ । यसकारण महाधिवेशन ऐतिहासिक छ ।’ देउवाले देश ऐतिहासिक चुनौति र अवसरको मोडमा रहेको बताउँदै चुनौती छ भनेर चुप लागेर बस्न नमिल्ने बताए । ‘गरिव दुःखीहरुको मुखमा हाँसो ल्याउने चुनौति छ,’ उनले भने, ‘संविधानसभाबाट संविधान बनायौँ, त्यसको कार्यन्वयन पनि चुनौतिपूर्ण छ ।’ उनले संविधानको सफलतापूर्वक कार्यन्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । ‘यसको समाधान कसैले गर्न सक्छ भने हाम्रो पार्टीले गर्न सक्छ,’ देउवाले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण