उद्योग वाणिज्य संघकै सदस्य कालोबजारीमा लागेपछि
बिहीबार, २० फागुन २०७२, २१ : १४
काभ्रे– काभ्रे उद्योग वाणिज्य संघका सदस्य रोहित श्रेष्ठको पसलमा छापा मार्दा प्रहरीले २० थान चन्डी ग्याँसका सिलिन्डर फेला परेको छ । बनेपा–१० स्थित तरकारी बजारमा रोहित श्रेष्ठ तथा भिमबहादूर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको खाद्य पसलबाट प्रहरीले ग्याँसका सिलिन्डर बरामद गरेको हो ।
साँझ ५ बजे प्रहरीले छापा मार्दा पसलमा रोहितका भाई हरिकृष्ण श्रेष्ठ थिए । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनापछि कुराकानीका क्रममा डिएसपी राजकुमार केसीले ग्याँसका सिलिन्डरहरु सिन्धुपाल्चोकको मुडतर्फ लैजान लागिएको र यस सम्बन्धमा थप कुरा अनुसन्धानपछि मात्रै बताउन सकिने प्रतिक्रिया दिए । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष श्रीकृष्ण वैद्यले भने रोहितले कालोबजारी नगरेको दाबी गरेका छन् । प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले वाणिज्य तथा आपुर्ति विभागबाट प्राप्त गोप्य सुचनाका आधारमा छापा मारिएको बताएका छन् । उनले अब प्रशासनले आवश्यक कारबाही अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक: रातो रङ इङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण