शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढीबाट हुने क्षती न्यूनिकरण गर्न माडीमा पूर्व सूचना प्रणाली

शुक्रबार, २१ फागुन २०७२, १० : २८
शुक्रबार, २१ फागुन २०७२

भरतपुर - बाढीबाट हुने सम्भावित क्षती न्यूनीकरणका लागि माडीमा ताररहित पूर्व सूचना प्रणाली जडान गरिएको छ । रिउखोलाको माथिल्लो भाग तथा तल्लो क्षेत्रमा ४ स्थानमा स्वचालीत मेसीन जडान गरिएको छ । यस्तै पर्सा ठोरीको सरस्वती नगरमा उपकारण जडान गरिएको छ । नेपाल सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र दक्षिण कोरीयाको संयुक्त प्रयासमा सहश्रब्दी विकास लक्ष्य ट्रष्ट कोष अन्र्तगत पूर्व सूचना प्रणाली जडान गरिएको हो । माडी १ बनकट्टटा स्थीति रिउ खोलाको पुल, माडी ६ सोमेश्वर फेदीमा अवस्थीत छरछरे खोला, माडी ८ हरिनगर स्कुल नजिकै अवस्थीत रिमाल खोला, माडी १२ गोवीन्द बस्तीमा रहेको बगई खोलालाई केन्द्र मानेर स्वचालित उपकरण जडान गरिएको यूएनडीपिका फिल्ड अफिसर रविन्द्र अधिकारीले जानकारि दिए । स्थानीयलाई सर्तक बनाउन पूर्वसूचना प्रणाली प्रभावकारि हुने अपेक्षा लिइएकोछ । वर्षेनीहुने ठुलो धनजनको क्षती न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । वनकट्टामा रहेको राडर सेन्सर मेसीनले रिऊ खोला जलाधार क्षेत्रभरिको बर्षाबाट हुने नदीको सतह तथा वर्षा मापन गर्दछ । रिउ खोलाको पुलको मूनि नदीको सतहतर्फ फर्काएर राखिएको राडर सेन्सरले पानीको बहाब मापन गर्दछ । छरछरे, गोविन्द वस्ती, ठोरीमा रहेका उपकरणहरुले वर्षा मापन गर्दछन् । यस्तै कल्याणपुर हरिनगरमा रहेको केन्द्रले वर्षा, वायुमण्डलीय तापक्रम, सापेक्षिक आर्दता, वायु गती, वायु दिशा, माटोको तापक्रम मापन गर्दछन् । जसले किसानहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । स्वचालीत उपकरणबाट संकलन भएको तथ्याङक जल तथा मौसम विज्ञान विभागको आधिकारीक वेभसाइटमा पनि हेर्न सकिन्छ । वेभसाइटमा नदीको सतह बढ्दै जादा साइरन बज्ने गर्दछ । नगरपालिकाले प्रकोप व्यवस्थापनका लागि सक्रिय भुमिका खेल्न सकेको छैन । माडी नगरपालिकामा स्तरोन्नती भएपनि साविक गाविसकै स्थानीय विपद् व्यवस्थापन समितिहरु क्रियाशिल छन् । नगरस्तरीय विपद् व्यवस्थापन समितिहरु बनाएर परिचालन समेत गरेको पाइदैन ।

स्थानीय विपद् व्यवस्थापन समिति गर्दीका अध्यक्ष देवेन्द्र पौडेलले पूर्व सूचनाले सम्भावित क्षती न्यूनिकरणमा सहयोग पुग्ने बताए । “ प्राय रिउ खोलाको तल्लो तटीय क्षेत्रमा घाम लाग्दा माथिल्लो क्षेत्रमा पानी परेको हुन्छ”, उनले भने,“ वर्षा भएको सूचना समयमै पु¥याउन सकिए सम्भावीत खतराबाट जोगिन सजिलो हुन्छ ।” लामो सयमसम्म माडीका खोलाहरुबाट गिटीबालुवा निकासीमा अवरोध हुँदा खोलाको सतह बढ्न पुगेको छ । माडीलाई डुबानबाट बचाउन नदीको सतह गहीराई बनाउन पनि सोच्नुपर्ने उनको भनाई छ । माडीका स्थानीय अगुवा श्रीप्रसाद दवाडीले पूर्वसूचना प्रणालीबारे स्थानीयहरुलाई अभिमुखिकरण गर्नुपर्ने बताए । “ बाढीको त्रास वर्षेनी झेल्दै आइरहेका छौं”, उनले भने,“खोलामा आइरहेको बाढीको सूचना घर घरसम्म पु¥याउने संयन्त्रको विकास गर्नुपर्छ ।” यूएनडीपी अन्र्तगत एकीकृत जलवायुजन्य जोखिम व्यवस्थापन कार्यक्रमका वरिष्ठ आयोजना अधिकृत दीपक केसीले बाढीको सतह सामान्य वा असामान्य रहेको बारे खबर लिन सर्वसाधरणलाई सहज बनाउने बताए । “तटीय क्षेत्रका वस्तीलाई सुरक्षित रहन अग्रिम जानकारि दिन यो प्रणाली उपयुक्त हुन्छ”, उनले भने,“बाढीको सतह बढ्दै गएमा मोबाइल एप्स वा स्थानीय अगुवा मार्फत खबर सम्प्रेशण गर्ने गरि उपकरण जडान गरिएको छ । समुदायमा आधरित बाढी पूर्व सूचना प्रणाली जडानका लागी माडी क्षेत्रको ४ स्थान र ठोरीको १ स्थानमा करिब ७५ लाख खर्च भएको उनले जानकारि दिए । सहश्रब्दी विकास लक्ष्य ट्रष्ट कोष अन्तर्गतको बजेट मार्फत स्थानीयहरुलाई पूर्व सूचना प्रणालीबारे जानकारि दिन तालिमहरु सञ्चालन गर्ने गरेको छ । स्वचालित उपकरण व्यवस्थापनका लागि स्थानीयलाई प्राविधिक तालिमसमेत दिने तयारीमा यूएनडीपि लागिपरेको छ । माडीमा बाढीकै कारण वर्षेनी कतिपय वस्ती विस्थापनको अवस्थामा पुगेका छन् । अमेलीया, सिमरा, पौवारी लगायतका क्षेत्रका स्थानीय बाढी प्रभावीत बन्ने गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले समेत माडीलाई बाढीको उच्च जोखीमको क्षेत्रमा लिने गरेको छ । रिउ खोलाको उपल्लो तटीय क्षेत्र गोविन्दवस्तीमा आएको बाढी करिब ३ घण्टामा वनकट्टा स्थीत रिउखोलासम्म आइपुग्ने अनुमान गरिएको छ । यस्तै छरछरेमा आएको बाढी आइपुग्न करिब १ घण्टा लाग्छ । सो स्थानमा रहेका वर्षा मापन केन्द्रले वर्षा मापन गरेपछि तल्लो तटीय क्षेत्रका वस्तीहरुमा खबर पु¥याउने संयन्त्र परिचालित हुन्छन् । यसैबीच, माडीमा स्थापना गरिएको समुदायमा आधरित बाढी पूर्वसूचना प्रणालीको शुक्रबार उद्घाटन गरिदैछ । वातावरण मन्त्री विश्वेन्द्र पासवानको प्रमुख आतिथ्यतामा कार्यक्रम हुदैछ । कार्यक्रम अघि विहान रिउ खोला वनकट्टामा जडान गरिएको पूर्वसूचना प्रणाली, मगुवई खोला बाढी नियन्त्रण संरचना, उपल्लो तटीय क्षेत्र गोविन्दवस्तीमा रहेको वर्षा मापन केन्द्रको स्थलगत भ्रमण गरिने जनाइएको छ । माडी नगर क्षेत्रमा यूएनडीपीले पाँच करोड ५० लाख रुपैयाँ लगानी गर्दैछ । दीर्घकालीन योजना बनाएर ठाडो खोलाहरुको उचित व्यवस्थापन गर्ने, नदीको सतह गहिरो बनाउने, तटबन्धन गन, वृक्षारोपण गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप