शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बढी भाडा असुल्ने सवारी प्रहरीलाई बुझाइयो

शुक्रबार, २१ फागुन २०७२, १० : ३५
शुक्रबार, २१ फागुन २०७२

पाल्पा – अखिल क्रान्तिकारी पाल्पाले विद्यार्थी तथा सर्वसाधारणसँग बढी भाडा लिने सवारी साधनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । पोखराबाट बुटवलको लागि छुटेको ग १ ख ३४२० नं को बसले विद्यार्थी तथा यात्रुसँग बढी रकम असुलेको पाइएपछि क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो । बसले स्याङ्गजाको बालिङ्गबाट बर्तुङ्गसम्मको भाडा १ सय ४२ रुपैंया रहेको भएता पनि यात्रुसँगबाट एकसय बढी २ सय ४२ रुपैंयासम्म असुलेको पाएपछि विद्यार्थीले क्रान्तिकारीका जिल्ला अध्यक्ष राजकुमार पन्थीलाई फोन गरेका थिए । वालिङ्गबाट चढेका यात्रु विष्णु पोखरेलले गाडीले यति धेरै भाडा होइन भन्दा पनि जवरजस्ती लिएको बताए । गाडीका सहचालकले छुट दिन नसकिने भन्दै उल्टै धम्काएको उनले बताए । अर्को यात्रु प्रवेश पन्थीका अनुसार आफूहरु सातजना वालिङ्गबाट चढेको तर गाडीले तेल नपाएको बहना बनाउँदै बढी भाडा लिएकाले प्रहरीमा खबर गरिएको बताए । विद्यार्थीले सावरी साधनले बढी भाडा असुलेको गुनासो पाल्पाका प्रहरी प्रमुख सुमन तिमिल्सेनालाई गरेका थिए । तिम्लिसिनाले ट्राफिक प्रमुख प्रविन आचार्यको नेतृत्वमा तुरुन्तै टोली पठाई सवारी साधन र चालक, सहचालकलाई नियन्यण लिएको छ । सवारीको प्रारम्भिक अनुसन्धानपछि कागजात नियन्त्रणमा लिएर यात्रुलाई विचल्ली नहोस् भनेर चालकलाई छोडिएको र सह–चालकमाथी थप अनुसन्धान भैरहेको ट्राफिक प्रमूख आचार्यले बताए । आचार्यले सवारी साधनले यात्रुसँगबाट बढी भाडा असुलेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । जिल्लामा व्यापक मात्रामा बढी भाडा लिने, विद्यार्थी सहुलियत नदिने लगायतको गुनासा आएपछि विप्लव नेतृत्वको क्रान्तिकारीले सवारी साधनमा अनुगनम र निगरानी बढाएको जिल्ला अध्यक्ष राजकुमार पन्थीले बताए । उनले सरकारले तोकेको भाडादर र सहुलियत नदिने सवारी, चालक र सहचालकलाई नछोड्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप