प्रतिबन्धको निर्णयसँगै उत्तर कोरियाद्वारा आणविक हतियार तयार राख्न निर्देशन
प्योङयाङ – उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना आणविक हतियार जुनसुकै समयमा प्रहार गर्न सक्ने मिल्ने गरी तयारी राख्न निर्देशन दिएका छन् । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार किमले उत्तर कोरियाका सैन्य नेतृत्वलाई ‘तैयार’ रहन निर्देशन दिएका हुन् । बुधबार मात्र संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाएको थियो । केही समयअघि हाइड्रोजन बम र मिसाइल परिक्षण गरेपछि उत्तर कोरियामाथि प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाको सरकारी मिडियाको अनुसार बिहिबार सैन्य प्रशिक्षणको बेला किमले उक्त निर्देशन दिएका थिए । त्यही बेला ६ वटा मिसाइल जापान नजिकैको समुद्रमा प्रहार गरिएको थियो । ‘अमेरिकनहरुले युद्ध चाहिरहेको छ, अरु देश र जनतामाथि आपत आओस् भन्ने चाहिरहेको छ, यस्तो बेला हाम्रो स्वाधिनता र अधिकारलाई रक्षा गर्ने एक मात्र बाटो भनेको हाम्रो आणविक शक्ति बढाउनु हो,’ उनको भनाई उद्धृत गर्दै भनिएको छ । उत्तर कोरियाले बेलाबेलामा यस्तो धम्की दिनु स्वभाविक भएको विज्ञहरु बताउँछन् । उनीहरु अझै उत्तर कोरियाको परमाणु क्षमता उनीहरुले दाबी गरेजस्तै विकसित भएको आशंका व्यक्त गर्छन् । यस्तो समाचार आएपछि अमेरिकाले तुरुन्त प्रतिक्रिया देखाउँदै तनाव सृजना गर्ने कुनै पनि काम नगर्न उत्तर कोरियालाई चेतावनी दिएको छ । शुक्रबारदेखि अमेरिका र दक्षिण कोरियाबीच दक्षिणमा मिसाइल डिफेन्स सिस्टम राख्ने विषयमा छलफल शुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण