शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भगतसिंहले निवासमै पुगेर प्रचण्डलाई भेटे

शुक्रबार, २१ फागुन २०७२, १३ : २८
शुक्रबार, २१ फागुन २०७२

काठमाडौं–भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्वमूख्यमन्त्री भगतसिंह कोश्यारीले एनेकपा माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । उनले शुक्रबार बिहानै दाहाल निवासमा गएर भेटका हुन् । काँग्रेस महाधिवेशनमा नेपाल आएका भगतसिंहलाई हिजो प्रचण्डले नाकाबन्दी नदोहोरयाउने खवर मोदीलाई पुरयाईदिन भनेका थिए । त्यसको भोलीपल्टै भगतसिह प्रचण्ड निवासमै पुगेर भेटेका हुन् । भेटमा काँग्रेसको नेतृत्वको विषय र नयाँ सरकारको विषयमा कुराकानी भएको स्रोतले बताएको छ । महाधिवेशन उद्घाटनको क्रममा काँग्रेसको नेतृत्वमा राष्ट्रिय अन्तराष्ट्रिय प्रभाव रहने कार्यबाहक सभापति रामचन्द्र पौडेलले नै भनेका थिए । काँग्रेस महाधिवेशन पछि नयाँ सरकार गठनको विषयमा पनि चर्चा भईरहेको बेला यो भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ । भगतसिँ लगायतका भारतीय नेताहरुले शुक्रबार नै माधब कुमार नेपाललाई पनि भेटेका छन् । बालुवाटार स्थित नेपाल हाउसमा भारतीयत नेताहरुले नेपालाई भेटेर राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको स्रोतले बताएको छ । सिँहले बिहानै होटल रयाडिसनमा नेपाल विद्यार्थी संघ भारतका अध्यक्ष मदन भण्डारी लगायतका काँग्रेस नेताहरुसंग पनि भेट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप